धर्तिमा बसि आकाशको जुन 'गजल'

0
धर्तिमा बसि आकाशको जुन 'गजल'
​धर्तिमा बसि आकाशको जुन दिन सक्दिन म,
गरिब भएर जन्मे महंगो सुन दिन सक्दिनँ म ।
दिन सकूँला मैले आङ ढाक्ने दुई सर्को कपडा,
फेसन फेसनमा चलेको ऊन दिन सक्दिन म ।
बाबा आमाको पसिना छन हर नशा नशामा ।
त्यहि नशा कटाई आज खुन दिन सक्दिन म ।
माग्छौ भने चोखो माया दिउला जुनि जुनि ।
यस्तै छ भाग्य बिनयको धुन दिन सक्दिन म ।
धर्तिमा बसि आकाशको जुन दिन सक्दिन म,
गरिब भएर जन्मेमहंगो सुन दिन सक्दिन म ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(Accept !) #days=(60)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top