रेटिञ्छन हजार सपना 'गजल'
रेटिञ्छन हजार सपना, जीवनलाई धार मान्नु हुन्न,निभाउनुपर्छ जिम्मेवारी, कहिल्यै भार मान्नु हुन्न।
जिन्दगीको यात्रामा पाईला पाईलामा ठेस लाग्छ,
बढ्नुपर्छ निरन्तर अघि, कहिल्यै हार मान्नु हुन्न।
चक्रझैँ घुम्छ जीवन, दुख पछि सुख आउछ,
कर्म गर्नु सहि, अभागी यो निधार मान्नु हुन्न।
स्वाभिमानी बन्नु पर्छ, आफ्नै नजरमा नगिर्नु,
पाप अधर्म लुटलाई, जिउने आधार मान्नु हुन्न।
खुट्टा तान्ने दुई चार, गलत बिचार भेटीएपनि,
कोही हुन्छन साथ दिने, झुठो संसार मान्नु हुन्न ।
Post a Comment