बच्चाको चाहना आमाबावुको हेरचाहको

0
एउटा प्राथमिक बिद्यालयको शिक्षिकाले एकदिन कक्षा तिनका बिद्यार्थीसँग परिक्षा लिइन । परिक्षामा एउटा मनोबिज्ञानसँग सम्बन्धित प्रश्न पनि सोधिएको थियो ।
"यदि मेशिनबाट मान्छेलाई पनि ऊ आफू बन्न चाहेको सामान बनाउन मिल्ने भए तिमी चाही के बन्थ्यौ र किन ?"
परिक्षा सकियो, मिसले परिक्षाको उत्तर कपी जाँच्नको लागी घरैमा लिएर आईन । साँझको खाना खाएर कपी जाँच्न बसिन । कपि जाँच्दै गईन । अन्तिम कपि जाँच्दै गर्दा उनका आँखाभरी आँशु भए । उनका श्रीमान उनकै नजिक बसेर टिभी हेरिरहेका थिए । त्यो देखेर उसले भने - "किन रोएकी यस्ता कलिला बच्चा बच्चिका कपि जाँच्दा पनि रुनुपर्छ त ?"
शिक्षिकाले आँशुले भरिएका आँखाले आफ्ना श्रीमान तिर हेर्दै भनिन - आजको परिक्षामा यिनिहरुलाई यौटा प्रश्न सोधिएको थियो । "यदि मेशिनबाट मान्छेलाई पनि ऊ आफू बन्न चाहेको सामान बनाउन मिल्ने भए तिमी चाही के बन्थ्यौ र किन ?" त्यसको जवाफमा एकजना बच्चाले यस्तो लेखेको छ:"टिभी" बन्ने थिएँ ।
श्रीमान - (हाँस्दै) धत् लाटी यस्तो कुरामा किन रुनु ?
मिस - अगाडि सुन्नुस् न अझै... "किनकि टिभी बन्न पाएको भए सँधै बाबा मम्मि अनि घरका सबै सदस्य मेरो वरिपरि रहने थिए । घरमा मेरो स्थाननै अलग हुने थियो । जब म बोल्थेँ सबैले ध्यान दिएर सुन्थे बिना कुनै उल्टा सवाल, बाबा अफिसबाट थाकेर आएपनि मरो छेउमा बसेर मलाईनै हेरिरहनु हुने थियो । मम्मिको अरु कुनै काम नभएको बेला पनि ममा लागेको धुलो पुछ्दै प्यारका साथ रुमालले ढाकि दिनुहुन्थ्यो । मम्मि बाबा जब तनाबमा पर्नुहुन्थ्यो तब मलाई गालि गर्नु हकार्नुको सट्टा उल्टै मेरो साथमा बसेर आफ्नो तनाव कम गर्नुहुन्थ्यो । साँच्चै म टिभी हुन्थेँ भने सबैलाई खुशि दिन सक्थेँ । यहाँसम्म कि मेरो सामु बस्न मेरा दिदी दाजु र भाई बहिनीमा तँछाड मछाड झगडा हुन्थयो ।" यति सुनेपछि मिसका श्रीमान अलि गम्भिर भए र भने - बिचरा ! बालक, उसका बाबाआमाले त उसलाई अलिकति पनि ख्याल नगर्दा रहेछन् । कति अभागी त्यो बच्चा बाबुआमाको ममताको लागी तड्पीरहेको रहेछ । केहि त देखभाल गर्नु नि ।
अगाडि मिसले भनिन् - "थाहा छ हजुरलाई त्यो बच्चा को हो ?
श्रीमान - को हो ?
मिस- "त्यो बच्चा हाम्रै छोरा कालु हो ।"
श्रीमान - हँ….... ?
दुबै जना स्तब्ध !!!
साभार: फेेसबुक

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(Accept !) #days=(60)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top