बिदाईको अन्तिम घडिमा तिम्रा निम्ती दुई भावना 'सरस्वती'

मेरोहृदयस्पर्शी बालपनको साथी सरस्वती गुरुङको अल्पआयुमै भएको असमायिक निधनको अप्रत्यासित खबरले म अत्यन्त मर्माहत भएका छु । उसको दिवंगत आत्माको चीर शान्तीको कामना गर्दै भावपूर्ण श्रद्वा सुमन अर्पण गर्न चाहन्छु । यस दु:खद घडीमा मेरो व्याक्तिगत तर्फबाट शोक सन्तप्त सम्पूर्ण परिवारजनहरु प्रति हार्दिक समवेदना व्यक्त गर्दै सम्पूर्ण भगवान र देवी-देवताले समग्र परिवार र नातेदारलाई धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दछु ।
सायद अझैपनि चाहन्छ होला यो मन टुटेको नाता एक एक होउन । एक्लिएर यो शहरमा आत्मियताको त्यो अतितका सुखमय पलहरु हरसमय छातिमा संगालेर टोलाउँदै छु आज। मन्द गतिमा धड्किरहेको कोमल मुटुहरुले कहाँ छन् मेरो बाल्यकालकोलको साथी सरस्वती भन्दै हरदम साथ खोजिरहेको छ। आँसुले त नचाहने यो बिछोड म आफ्नो स्पन्दनलाई कसरी बुझाउन सकूँला। मैले तिमीलाई कहाँ कहाँ कहाँ खोजिरहेको छैन र सरस्वती ? घण्टौंसम्म बसेर हृदयका वेथाहरुको ति क्षणहरु कल्पना गर्न नपाउँदै छट्पटीमा बदलिसके मेरा पूरा यादहरु । एकान्तमा बसेर एकैछिन आत्मालोचना गर्छु मेरो मुटुभित्र लेखिएको तिमीसँगको एकएक आत्मिक र सुखमय पलहरु अब कसलाई अनि कसरी देखाउँ ? के चाहिरहेको छौ दैव तिमी, यो मेरो साथीलाई कहाँ पर्र्याउन खोज्ददैछौ ? म सम्हाल्न सक्दिनँ आफुलाई आफैले बस् म यहि चिजमा खड्किरहेको छु कि म सपनामा छु या विपनामा ।
तिमीबाट सधैका लागी छुट्टिएपनी किन यति धेरै आशाबादी छु। भो अब यति धेरै पिडा नदेउ खोटो भाग्यको नाउँमा जीवनमा बाँडेर बाँड्न नसकिने एउटा प्रेरणा बटुलें मैले बियोगमा मुटु चर्किँदो रहेछ स्वास प्रस्वास भन्दा पनि तिम्रै सहयात्राको अभाव महसुस भैरहेको छ मलाई । जीवनयात्राको ति विगतको यात्राको पाइला खोज्न मन लागिरहेको छ मलाई । आखिर सजिलै बिर्सन सकिने अतित पनि त छैन मेरो । भावनामा बग्दाबग्दै हिक्का छोडेर रुन पुगिसकेको छु सरस्वती ।
अरुको जीवनमा प्रवेश गर्नेहरु जति खुशी बोकेर आइदिन्छन्, उनीहरु जाँदा पनि जटिल यादहरु व्याजसहित छोडेर गइदिन्छन्। कति शान्त अनि खुशी नै खुशी ले रमाईरहेको यो कोमल मनलाई एकैछिनमै हुरी बतास चलाई उजाड मरुभुमी बनाई गईदिन्छन । आँखा चिम्लिन्छु रुन्छु, कराउँछु, बोलाउछु तर तिम्रो साटो याद आउँछ, फेरी सँगै हुन मन लाउँछ अनि आँशु झर्छ नसम्झिन खोजेको नि होइन तिमिलाई मनले, फेरि चाल पाउँछ अनि आँशु झर्छ।
कति बदमास थियौं हामी त्यो बालकालमा । जनस्वामी स्कुलमा पढ्ने । कति चोटी घरबाट चुक चिनी चोरेर लगेर मलाई दिन्थ्यौ म पनि कक्षा छोडिछोडि बहाना खोज्दै तिमीकहाँ चुक चिनी खाना आउँथेँ । तिम्रो बाबा र मेरो बाबा कति मिल्ने झोले साथीहरू थिए - त्यस्तै उपद्रे तिमी र म । तिम्रो आमाले मेलाबाट ल्याइदिएको मकै एकदिन मनमुटाव परेर तिमीले मलाई नै नदिई एक्लै खाँदा : कट्टी तँ सँग बोल्दिनँ भन्दै तिम्रै मुखमा हेरेर थुक निलिरहन्थेँ ।
दुम्सिखोलामा बनभोज खाएको पल कहाँ बिर्सिएको छु र मैले । म, तिमी, बिस्नु, धने, नाना, कान्छी अनि अरु साथीहरू ! मैले घरबाट नुन र चामल अनि सलाई र ताप्के, बिष्णुले चना र चामल, नान र कान्छिले मसला लिएर गएको थियो । एकमाना पाक्ने ताप्केमा हामीले दुईमाना चामल हालेर काँचो भात कति रमाउँदै पकाएको थियौं । तरकारी पकाउने बेला बेसार नपाएर पहेँलो माटो र फोक्से ढुङ्गा पिसेर हालेर तरकारी पनि बनाइयो अनि कति मीठो गरेर खायौं । भाडाकुटी खेल्दा म बिस्नुको बुढा बन्न खोज्दा तिमी कति रिसाएकी थियौं है मेरो बहिनी बन्नु पर्दा । तिमी कति रोएकी थियौ तर मैले तिमीलाई कहिल्यै पनि आफ्नो दुलही बनाउन राजी भएन है ।  हामी देसी भनेपछि कति डराउँथ्यौ । एकचोटि बरफ बेच्ने देसी आउँदा हामी बारिबारी उफ्रिएर भाग्दा तिमी बोडीको झ्यालमा अल्झियौ मैले तिम्रो जामा समातेर तान्दा तिम्रो जामा कसरी च्यातिएको थियो है । गौरभिर बारिमा छाप्रो बनाएर कति कमै पोलेर खान्थ्यौं । तिमीले गाई लिएर आउँथ्यौ, मैले बाख्रा, धने, नाना, बिस्नु र कान्छी त्यसै । मैले सधैं बिस्नुलाई मेरो बुढि भनेर तिम्लाई कति चोटी बाख्रा धपाउन पठाउँदै भोलीबाट तँ र म बुढाबुढी अनि बिस्नु र धने, नाना र कान्छी छोराछोरी बनेर खेल्न भन्दा तिमी कति खुसी हुँदै आज्ञाकारी बनेर मैले अह्राएको काम खुरुखुरु गर्थ्यौ है । भोलीपल्ट तिमी र मलाई ओमे र मिलनले बुढाबुढी भन्दा म कति लजाएको थिएँ अनि तिमी कति रिसाएकी थियौ । हामी साँच्चिकै बुढाबुढी त कहाँ थियौँ र तिमी त केवल यति चाहन्थ्यौ कि साथीहरु भन्दा धेरै सबैको प्रिय पात्र बन्छु तर मैले तिम्रो त्यो चाहना कहिल्यै पूरा गरिदिनँ । कति स्वार्थी थिएँ है म त्यो बच्पनमा !
कती बलवान् रहेछ समय । हामी कहाँको र कस्तो मान्छे कस्तो बनेर चेन्ज हुँदै गयौं । गाउँको बालक्लबमा म सधै अध्यक्ष बनेर भाषाण गर्नुपर्ने तिमी साधारण सदस्य मात्र । धेरै जना थिए क्लबमा तर तिमी र बिस्नुबाहेक सक्रिय अरु को नै पो भयो र केटीहरुमा । जब बुझ्ने भयौं; तिम्रो मेरो बुढी बन्ने रहर पनि हराउँदै गए । म पनि फर्वाड बन्दै थिएँ गाउन, नाच्न, भाषण गर्न, नेतृत्व गर्न, अनि आफूलाई सबैको सामु सर्बश्रेष्ट सावित गरेर सबैलाई पछाडी पार्न तर खैर, त्यो सबै मेरो अहम रहेछ । बास्तवमै म कुनै कुरामा निपुण नरहेछु ।
समय बित्दै गए । हाम्रो बाल क्लव संगठन देखेर माथिल्लो गाउँको केटाकेटीहरु कति बिरोध गर्थे । आखिर हामिले गल्ती के नै पो गरेको थियौं र ? के संगठित हुनु नराम्रो काम हो र ? माथिल्लो गाउँको सबैले हाम्रो संगठन भनेपछि यस्तो व्यवहार गर्थ्यो मानौ हामी साथीसाथीको हैन उग्रवादीहरुको संगठन जमाइरहेको छौँ । खैर, धेरै छन् हाम्रा विगतका उट्पट्याङ कुराहरुपनि । देउसी-भैलौ खेलेर आएको पैसा समेत नमासेर क्लवमा जम्मा गर्थ्यौं । दिनभिरी देउसी भैलो खेल्यो राती फर्सिको तरकारी त्यो पनि चोरेर कति मीठो गरेर खान्थ्यौं । समय बित्दै गए । बिस्तारै तिमी मेरो सबैभन्दा नजिकैको साथी दिपिनको प्रेमजालमा फस्दै गयौ । म कति खुसी थिएँ तिमीहरुको सम्बन्ध देखि तर डर पनि लाग्थ्यो । तिमी एउटा गुरुङको छोरी दिपिन एउटा कुँवर को छोरो । तर, तिम्ले आफ्नो प्रेमीलाई धोका दिएनौ अनि तिम्रो प्रेमी दिपिनले पनि । कति राम्रो लाग्थ्यो मलाई तिमीहरुको जोडी । दिपिन उसै त मेरो मिल्ने साथी अब झनै बढी मिल्ने भयौँ । दुनियाले नानाथरी कुरा काट्न थाले तिमीहरूको सम्बन्धको बारेमा तर कसैको कुरा सुनेनौ तिमी । आखिर सच्चा प्रेमीका सावित गरेरै छोड्यौ तिमीले एकदिन, आखिर मेरो साथी दिपिनको अर्धाङ्गिनी भएरै छोड्यौ एकदिन ।
सरस्वती गुरुङ

म तिमीसँगका तिता मिठा यादहरुमा रुमलिदै अघि बड्न चाहान्छु आउ एक चोटी मात्र भएपनि फर्क तिमी हामीलाई छोडेर जान सक्दैनौं । के तिम्लाई बचपनको साथीको र आफ्नो निस्चल प्रेमीको मायाँ लाग्दैन ? आखिर निस्चल नै त थियो तिमीहरुको प्रेम, अनी उपनाम पनि निस्चल नै त रोजेको थियो दिपिनले । कती बार बने यो समाज तिमीहरुको त्यो पवित्र साइनोमा । कसले पो रुचाए र तिमीहरुको त्यो सम्बन्ध केबल म, दिपिन र तिमी बाहेक ।  तर कति निर्दयी रहेछौ तिमी यो समाजभन्दा पनि । समाजलेले अपमान मात्र गरेको थियो तर तिमी त कहिल्यै नआउने गरी छोडेर गयौ । गयौ हाम्रो साथ छोडेर दैबको अंगालोमा बाघिन । म मेरो आँखालाई विस्वास गर्दिनँ केवल गर्छु त तिमी र मेरो दोस्ती दिपिनलाई । फर्केर आउ हामीलाई आफ्नो हृदयमा सजाउ बिन्ती घृणाहरू भएजति हटाई । प्लिजछ पिडाको घाउ ओभाउन सकेको छैन मलम बनेर आइदेउ हामीलाई भेट्न।
तिमिसगँ एउटा प्रश्न गर्नु छ, हामीलाई क्षणिक हाँसो दियौ अब यति लामो जिन्दगीमा कसलाई खुसी दिन्छौ ? प्रेमबाट समाजको बन्धन तोड्न सिकेको थियौ अब आफ्नो प्रेमीको मन कसरी भुलाउँछौ ? समयको खेल, भाविको झेल । म त एउटा साथीमात्र थिए तिम्रो । सहयात्री त पाइसकेको थियौ । तिमीहरूको बिहे पछि पहिलाको जस्तो साथीको नाता रहेन हाम्रो केवल एउटा गाउँले बाहेक । तिमी अनी म खोलाको दुई किनार झैँ बन्यौं । सम्भव थिएन हामी पहिले जस्तो खुलेआम हिँड्न, समाजले सक्थ्यो कुरा काट्न । मिलनको आस बाँकि रहेन अब नजिक हुने चेष्टा गर्दा पानीको छालले नै किनारा काटि दुरी बढाइदिन्थ्यो । म खुसी नै थिएँ । तिमी पनि खुसीनै थियो । यो समाजले कर्के आँखाले हेर्दै दाह्रा किटिरहेको थियो सायद ।
म अतितको ती मिठा पल सम्झिँदै हाँस्ने बहाना खोज्दै छु । तर यो भ्रममा नपर : कोही व्यक्ति मन्द मुस्कान छरेर मुस्कुराउँदैमा त्यो व्यक्ति खुशी छ भन्ने किनकि जीवनमा थुप्रै चोटहरू अनुभव गरेका मानिसहरु आँशु खसालेर होइन, आँशु लुकाएर रुने गर्छन् जुन म काम म गरिरहेको छु । साला ! जुन कुरा पहिला मन पर्दैन त्यही नै पछि बनिदिने रैछ जीवनमा । बिश्वास गर, "आशु" मलाई पनि पहिला मन पर्दैन थियो आज यही आशु साथी बनिदिएको छ । आशु नै जिन्दगी हो हाँसो त क्षणिक आउँछ जान्छ । यस्तै रहेछ दुई दिनको जिन्दगीमा मेरो सुख भन्ने कुरा पानीको फोका जस्तै सानै प्रहारले पनि फुट्न सक्ने, सानै झड्कामा पनि विलिन हुन सक्ने ।
बिछोड भएमा एक थरी खुसि हुन्छन् अर्कोथरी दुखि हुन्छन् अनि रुन्छन् प्रायः। एक थरी मुटु जुट्यो भनेँ हाँस्छन्, अर्को थरी जोडिएको मुटु टुट्यो भन्दै रुन्छन् आखिर संसारको रित नै यस्तै रहेछ। आज हाम्रो साइनो टुट्यो समाज हाँस्दै होलान्, आज हाम्रो साथ छुट्यो देवसँग तिम्रो नाता जुटे होलान् । के गर्नु नै पो सक्छु र साथी म निर्धो र नामर्द मान्छे केवल दुःख हेर्न र रुन शिवाय । सपना पुरा गरिदिने भन्दा सपना देखाउने हरुको भिड छ यहाँ, नाता जोडेर भन्दा पनि नाता तोडेर खुशी हुनेहरुको भिड छ यहाँ । मुटु निचोडिएको छ सायद आज मेरो त्यसैले त यति बिध्न दुखिरहेको छ । आँखाबाट झर्ने आँशुलाई हातमा पुछेर बस्न खोजें तर फेरि पनि रसाइदिन्छ अनि मुटु चसक चसक चस्काइदिन्छ । आसुले मलाई गुनासो गरिरहेको छ : "तिमी मलाई किन छिन छिनमा बोलाई रहन्छौ ?, मैले आसुँलाई जवाफ दिएँ : "माफ गर आशुँ ! मैले त मेरो हितैसी साथीलाई बोलाइएको छु तर तिमी किन आइदिन्छौ अनि मुटु जलाइदिन्छौ ।" हरेक मान्छे आफ्नो जिन्दगीको नायक हो र उ आफै निर्णयकर्ता पनि, त्यसैले उ सुख पनि भोग्छ दुख पनि सायद । परीक्षा झन् झन् नजिक आइरहेको छ साथीहरू पढेर कति जान्नेबुझ्ने भैसके, कहाँबाट कहाँ पुगीसके म भने तिम्रै सम्झनमा भाववेहोल बन्दै कल्पनामा कल्पित हुँदै सुन्दर सपना देखिरहेछु सरस्वती ।
प्यारो साथी दिपिन ! पहिलो प्रेम, गहिरो प्रेम र सच्चा प्रेमलाई कि त आफ्नै ठान्नेले बुझ्दैनँ, नत्र समाजले बुझ्दैनँ सबैले बुझिहाले उपरवालाले बुझ्दैनँ । जीवन गुनासोमै बित्छ हाम्रो, आँसुको तालमै डुबेर सकिन्छ खुसी हाम्रो । यो सन्सारमा हजारौ फुलहरु फुल्छन् अनि फेरी ओइलाएर झर्छन । कति फुलहरुले मिठा-मिठा बास्ना छर्छन् त कति फुलहरु बिना बास्ना ओइलाएर झर्छन । यहि सम्झिनु तिम्ले । तिम्रो सरस्वती पनि एउटा फूल थियो, उसको मिती पुग्यो र ओइलिएर झर्यो । जिन्दगीमा सुख तु आउँछ तु जान्छ तर अनगिन्ती दुखहरु मनभित्र इटाका थुप्रा जस्तै थुप्रिएर बस्ने गर्छम् । यता छामे पनि उता छामेपनि । झर्छ आफ्नै टाउको माथी, दिन्छ पीडा सहन नसक्ने गरि । दुःख पाउने मान्छे भोली सुखि बन्न सक्छ तर दुखी हुने मान्छे कहिल्यै खुसी हुन सक्दैन । यो तितो यथार्थलाई आत्मासाथ गर्नु तिमी अनि जिन्दगीको पाइलाहरु अघिअघि सार्नु तिमी । भड्किएका तिम्रो प्रेमीकाको आत्मालाई अपमान गर्दै यस्तो नभन - जुन दिनबाट साथ टुट्यो त्यही दिनबाट मनको मन्दिरबाट तिरस्कृत भयौ, अब तिम्रो साथको कुनै जरूरत छैन किनकी आफ्नै सुन्दर संसार बसालि सकें ।
कस्तो विचित्रको यो याद भन्ने चिज । जे कुरा सम्झन्न भन्यो त्यसैलेनै सताएर हैरान । अझ सताएउने मात्र कहाँ हो र मुटु माथि नै हक जताएर हैरान । कस्तो अनौठो यो आत्मियता भन्ने कुरा पाइन्जेल बुझ्न नसकिने, बुझेपछि पुज्न नसकिने । मैले थाहा पाउन सक्ने बेला देखीनै समयले ममाथि षड्यन्त्र गरेको छ । सेकेन्ड पछि मिनेट, मिनेटपछि घण्टा, घण्टापछि दिन अनि दिनपछि रात आउँछ भन्छन् तर मेरो जीवनको सारा समय अन्धकार रातमै रुनलिरहेको छ साथी । सोंच - सुख भन्नु त्यस्तै रैछ खुसी भइ बाच्न सिक्छु । हाँसो पनि त्यस्तै हो, पिडा लुकाइ हास्न सिक्छु बिधताको मर्जिलाई मन मुटुमा सजाइ राखी आँखाका ती मोतिका दानाको माला गास्न सिक्छु ।
जीवनमा पुर्वसन्ध्यादेखीनै अनगिन्ती गल्तीहरु सजिलै भयो । तर जब गल्तीको महसुस गरें तब माफ माग्न गार्हो भयो । माफी दिनलाई त सजिलो हुँदो हो सायद केवल एकै चोटी बोल्दिए हुन्थ्यो । कति निर्दयी भगवान तिमी यति ठूलो झेल गर्यौँ । भगवानलाई पलपल गाली गर्न मन लागिरहेको छ । अनविज्ञ छु गल्ति कसले गरिरहेको छ । सायद हुँदा हो धोका दिने एउटा, अनि अन्त्यमा सबैको दोष पाउने तिमी निर्दोष देउता ।
प्यारो साथी, म सोंच्थे तिम्रो प्रेमले पक्कै नयाँ सृष्टि बोकेर आउँछ, अन्धकार रातको गर्भबाट स्वर्णिम बिहानी जन्मन्छ तर, मलाई जस्तै तिमीलाई पनि कुनै बिहान आएन । तिम्रो प्रेममा साक्षी बसेका ती वर पिपल, डाँडा पाखा, छाँगा छहराहरु तिम्रो छट्पटाहट हेरिरहन्छन् । तिम्रै काखको प्रेमिका अरु कसैको पेवा बन्दा निस्ठूरी दैवले तिम्रो पुकारा सुन्दैनन् । तर, मलाइ थाहा छ तिम्रा प्रेम, तिम्रो विगतको सुखमय अतितले एकल जीवनलाई उर्जा दिनेछ, सृष्टीमा तिमि खुसीले जिउन सक्छौ । जिन्दगिमा नसोचेको मान्छेबाट नसोचेको
कुरा पाइन्छ । हिजो उहीँ प्रेमीकाले तिम्लाई हाँस्न सिकायो अनि दुनियाको सामु हासी हासी बाच्न सिकायो जरुर, आज तिमीलाई उहीँ रून सिकायो जरुर ।
के सोचेको थिएँ जीन्दगीमा के के भयो आज । दुनियाँलाई तिमीहरूको प्रेमको परिभाषा दिँदै हिँड्ने मान्छे म, आफ्नै आँखा अगाडी तिमीहरूको संसार तहसनहस हुँसासम्म पनि केही गर्न सकिन । यसमा चित्त दुखाइन मैले जतिसुकै बहस गरेपनि जिन्दगीको अन्तिम सत्य मृत्यु नै हो, जिन्दगी बाच्नका लागि हैन एकदिन मर्नका लागि हो । कति सुन्दर सोचेँको थिएँ तिमीहरुको संसार । तर सपनाबाट बिउँझिदाको बिचित्रको संसार त छुट्टै रहेछ । फलतः सबै भ्रम रहेछ । कति मिठो भ्रममा बाँचिरहेको रैछु म । कयौं दिनदेखि तेल सकिँदै गइरहेको दियोको  उज्यालोमा यो स्वार्थी दुनियाँको मान्छेहरूलाई पाठ सिकाउँदै रहेछु । मृत्यु जस्तो कठोर सत्यलाई त्यागेर दुई दिने सांसारिक जीवनको बारेमा झुटा दर्शनहरु छाँटिरहेको रैहेछु, तिनै झुटा कुराको खेतीलाई निर्वायत मलजल गरिरहि हुर्काइरहेको रहेछु । आज आफ्नै काल्पनिक दुनियाँबाट करेन्टको झड्का लागेझैँ धेरै टाढा उछिटटिएछु म सधैंका लागी टाढा, जहाँ म बलजफ्ती प्रयास गरेपनि पुग्न सक्दिनँ ।
सरस्वती, मेरो बालापनको दोस्ती ! खै के गर्यौ' तिमीले ! जीन्दगी भर दुखिरहने तिर हानेरै छोड्यौ, घातल बनाएर गयौ मुटु । कसैसँग गुनासो गर्न सकिन, तिमीले त सजिलै भुलेर गयौ तर हामी तिम्रो यादबाट टाढा हुन सकिनौँ । त्यसैले सरस्वती तिम्रो हाम्रो विगतको कथाको केही अंश यहाँ पोख्ने चेस्टा गरें । एकचोटि फर्किएर आउ म तिम्रो मुहार हेर्न चाहन्छु । ह्दयमा कोरिएको अमिट प्रतिबिम्ब पनि सँगै लिएर जाउ अल बिदा सरस्वती ! अल बिदा !! 
बिदाईको अन्तिम घडिमा तिम्रा निम्ती दुई भावना 'सरस्वती' Rating: 4.5 Diposkan Oleh: Teach Sansar

COMMENTS

Name

कथा / कहानी,11,गजल / मुक्तक,3,जोक्स / हाँस्यव्यङ्ग्य,4,डाउनलोड,1,दन्त कथा,2,दैनिकी/डायरी,6,नि:शुल्क ई-बुक,1,प्रेम कथा,6,प्रेरणादायक लेख,2,यात्रा संस्मरण,2,लघु कथा,1,सामाजिक कथा,3,
ltr
item
Bikas Gurung's Blog: बिदाईको अन्तिम घडिमा तिम्रा निम्ती दुई भावना 'सरस्वती'
बिदाईको अन्तिम घडिमा तिम्रा निम्ती दुई भावना 'सरस्वती'
मेरोहृदयस्पर्शी बालपनको साथी सरस्वती गुरुङको अल्पआयुमै भएको असमायिक निधनको अप्रत्यासित खबरले म अत्यन्त मर्माहत भएका छु ।
https://2.bp.blogspot.com/-yxSV4ArZegE/Wm0gNpzUEQI/AAAAAAAABPw/mtjJwxEJ08QA0hZWGGRW7cyWceE5v7QQACLcBGAs/s640/Saraswati%2BGurung%2527s%2BPhoto.jpg
https://2.bp.blogspot.com/-yxSV4ArZegE/Wm0gNpzUEQI/AAAAAAAABPw/mtjJwxEJ08QA0hZWGGRW7cyWceE5v7QQACLcBGAs/s72-c/Saraswati%2BGurung%2527s%2BPhoto.jpg
Bikas Gurung's Blog
https://www.bikasgurung.com.np/2018/01/bidaiko-antim-ghadima-timra-nimti-duii-bhawana-saraswati.html
https://www.bikasgurung.com.np/
https://www.bikasgurung.com.np/
https://www.bikasgurung.com.np/2018/01/bidaiko-antim-ghadima-timra-nimti-duii-bhawana-saraswati.html
true
8362277275083073077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy