बिदेशी श्रीमानलाई चिट्ठी 'जोक्स'

एउटी श्रीमतीले विदेशमा भएको आफ्नो श्रीमानलाई हतार हतारमा चिठी लेख्दा ठाउँ ठाउँमा पूर्णबिराम दिन भुलिछिन्, जब याद आयो, हतार हतारमै पूर्णविराम लगाइछिन् र चिठी यस्तो हुन गयो ।
तपाईले धेरै दिन बितिसक्दा पनि चिठी लेख्नु भएन मेरो साथी रमालाई । जागिरबाट निकालिदियो हाम्रो गाइले । बाछा पायो अंकलले । चुरोट पिउन छोडे मैले । धेरै चिठी लेखे तर तपाई आउनु भएन परेवाको सन्तान । बिरालोले खायो एउटा राम्री केटी एञ्जिला । मेरो साथी बनेकी छ ऐले टेलिभिजन प्रोग्राममा डान्स गर्दैछे हाम्रो कुखुरी । आजभोलि अन्डा दिनै छाडेकी छे हजुरकी आमा । तपाइलाई धेरै याद गर्छिन घरमा काम गर्ने नोकर्नी । घर सफा राख्दिनन हजुरको बैनी । बिहे गर्दैछिन हजुरको प्यारी श्रीमती ।

[नोट: तपाइँले पढ्दा पहिला उपर्युक्त ठाउँमा पुर्णविरामको कल्पना गरेर पढ्नुपर्छ र पछि मात्र चिठीको लेखन शैली अनुसार पुर्णविराम आएपछि एकछिन रोकिँदै पढ्दै गर्नुपर्नेछ ।]

0/Post a Comment/Comments