दस बर्षे जनयुद्ध कालमा गुमाएको क्रान्ति र शान्ती

Nepal Civil War
जाडो याम छ, सडकमा सवारी साधनको आवाजले नजिकै होटलमा बोलिरहेका मान्छेको आवज पनि प्रस्ट सुन्न सकिरहेको छैन । म दुई तीन महिना पहिले गाउँबाट प्लस टु गरेर ब्याचुर गर्ने सपना बोकी शहर पसेको निम्न वर्गिय परिवारको सदस्य हुँ । सोच थियो शहरमा पसेपछि त पैसा जसरी भएनि कमाइन्छ, सानोतिनो जागिर गर्छु अनि आफ्नो पढाइलाई निरन्तरता दिन्छु तर मेरो सपना सपनानै रहेछ । सपनाबाट बिउझिँदाको बिचित्र संसार त सोचे भन्दा बेग्लै किसिमको रहेछ । दाजु भाउजुको साथमा रहेर केही काम पाउने झिनो आश लिएर लखर लखर हिँडीरहेको थिएँ । त्यतिकैमा चिया पिउँदै गरेको गफ गरेको दाजुको कुरा सुनेर मन थाम्नै सकिन होटल पसिहालेँ कहिल्यै चियाको लागि दस रुपैयाँ खर्च नगर्ने म चुथिया मान्छे पनि कथा सुन्ने लोभले । एउटा तीस पैतिस जतिको केटा कहिले हाँस्दै, कहिले भावुक हुँदै, कहिले आशु टिल्पिलाउदै आफ्नो कथा भनिरहनु भएको थियो ।
जहाँ म सुरुवाती शिक्षा आर्जन गर्ने गर्थेँ, त्यो ठाँउ मेरो घर भन्दा करिब एक घण्टाको दुरीमा थियो । शिक्षाको अर्थ त्यतीबेला बोध भएको थियो ममा जब एक घण्टा हिँडेर स्कुल जाने गर्थे । यस अर्थमा सुरुवाती दिन भन्न खोजेको छु मैले । बिगत थियो त्यो मेरो, जुन एक अति सम्झन योग्य स्मृतिको पलको सुचिमा पर्छ मेरो ।
म गएर दाइ यहाँ बस्न सक्छु भनेपछी आफ्नो कथा रोकेर एकचोटि ट्वाँ परेर मलाई हेरिरह्यो । मलाई अलिक अप्ठेरो लागे जस्तो भएर उठ्न खोज्दा हात समातेर सोही ठाउँमा बसाल्दै भन्नुभयो, बस न बस भाइ यार तिमी नेपाली म पनि नेपाली, हाम्रो भावना र चाहना उस्तै छ भने आनकानी किन आखिर यो होटल मेरो नाउँमा पनि त हैननी । मैले अघिको कथा सुनाउनु न दाइ भन्दा उहाँले कथा हैन व्यथा भन भाइ भन्दै अलिक गम्भीर भन्नुभयो ।
कुरा स्कुल पढ्दा खेरीको हो । कुनै पनि संघसंस्था तथा कार्यक्रममा म त्यति चासो देखाउँदैनथेँ । म ७ कक्षाका विद्यार्थीमा पनि के गर्दा के हुन्छ भन्ने ज्ञान पनि थिएन । तर समयले मेरो हर सोच र उदेश्यलाई एकाएक परिवर्तन गरिदियो। त्यो समय हो इशाक!
सधैँ स्कुलको प्राङ्गणमा कपर्दी, फुटबल र डण्डिबियो खेल्ने धुस्रो मुस्रो ईशाक हिजो आज स्कुल कहिले काहि मात्र आउछ । ईशाक कक्षाको सेकेन्ड भए पनि हिजो आज ऊ स्कुल प्रायः आउन छोडेको छ । उ स्कुलमा आयो भने राज्य बिरुद्ध नारा लगाउँछ । सस्कृत शिक्षा-खारेज गर, मातृभाषा पठन पाठन-गर, जस्ता नाराहरु घन्काउछ । स्कुलमा आयो भने "स्तुतीबादी राष्ट्रिय गान र शुल्कको नाममा उठाईने रकम फिर्ता गर" जस्ता मागपत्र लिएर आउछ त कहिले प्रतिरोध आन्दोलनका क्रममा आयोजना हुने कार्यक्रममा वाल सगंठनका वक्ताका रुपमा अतिथी बनेर आउछ ।
आज स्कुल राता-राता ब्यानर र झण्डाले रंगीएको छ । स्कुल प्रबेश गर्ने गेटहरुमा वीर शहिहदरुलाई लाल सलाम, बेपता पारिएका नागरिकलाई-सार्बजनिक गर,
झुठा मुद्धा-खारेज गर, राजबन्दी-रिहा गर, राज्य आतंक-बन्द गर, फासीबादी सरकार-मुर्दाबाद आदी लेखिएका तुल र ब्यानरले पुरै रंगीएको छ । नेपथ्यबाट "हामी छापामार....अनि गणतन्त्र जीन्दाबाद" जस्ता  क्रान्तिकारी गीतहरु गुञ्जीरहेको छ । विद्यार्थी, किशान, शिक्षकहरु प्राङ्गणमा उपस्थित भइसकेका थिए ।
"आदरणिय आमा बुवा, दिदीबहिनी, दाजुभाई एवं सम्पुर्ण विद्यार्थीसाथीहरु अब हाम्रो कार्यक्रम शुरु हुन गई रहेको छ "उद्घोषकले उद्घोष गर्र्यो । "हामी सम्पुर्ण शहिदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ सबैले मुठी उठाए अथिती आशन ग्रहणका लागि क्रमशः किशान, विद्यार्थी, शिक्षक, बुद्धिजीवीहरुलाई उद्घोषकले निमन्त्रणा गरे। उद्घोषकले महान जनयुद्धमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने वालकहरुको संगठन अखिल बाल संगठनका तर्फबाट अथिती आशन ग्रहण गर्न ईशाकलाई अनुरोध गर्र्यो । ईशाक दर्शकहरुबाट फुत्त निस्क्यो र मञ्चमा पुगेर अभिवादन गरेर बेञ्चमा बस्यो ।
कार्यक्रम अघि बढ्ने क्रममा सदस्य शहिद परिवारबाट कार्यक्रम उद्घाटन भयो । एक मिनेट शहिदहरु प्रति श्रद्धाञ्जली स्वरुप मौनधारण गरियो । एकजना विद्यार्थी नेताले स्वागत भाषण गरे कलाकारहरुले स्वागत गीत र नृत्य प्रस्तुत गरे 
। यस्तै क्रममा अथिती मन्तव्य दिने क्रम शुरु भयो, शुरुमै उद्घोषकबाट ईशाकलाई  बोलाईयो । माईक्रोफोन हातमा लिएर ईशाक मञ्चको अगाडी किनारामा उभियो । लगभग १३/१४ बर्ष उमेरका कलिला ओठ, गोरो बर्ण, ठिक्क कद, हसिलो अनुहार र टाउकोमा भएको ढाका टोपीले अनुहारलाई केहि ओझेल पारेको थियो । स्कुल ड्रेस र भक्कु चप्पल लगाएको ईशाक हसिलो अनुहारको साथ आफ्नो मन्तव्य शुरु गर्र्यो, "श्रद्धेय सभापती महोदय,अथिती बर्ग, आमाबुवा, अग्रज विद्यार्थी दाजुहरु एवम् सहयोद्धा बालसाथीहरु यस अवसरमा आफ्नो र आफ्नो बर्गको मुक्तिका निम्ती गौरवपुर्ण शहादत प्राप्त गर्ने महान शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दछु, जव उसले सहिद प्रति श्रद्धाञ्जली अर्पण गर्र्यो तव उसको बोलीमा अप्ठ्यारो भयो । बोलीनै अबरुद्ध भयो । आँशु आखाँको परेलीसम्म टलपलाई रहे तर पनि रोक्न सकेन उसको गालाबाट आँसुका दाना अनायसै भुईमा गड्कीयो र उ क्षणभरमै सम्हालियो अनि आफ्नो मन्तव्य अगाडी बढायो "हेर्नुस् हामी रुदाँ रुदैँ हासेका छौँ र हास्दा हास्दै रोएका छौ" यति भनेर उ झन भावुक भयो । जनमास स्तब्ध भए, भावुकतालाई दबाउदै उसले फेरि मन्तव्य शुरु गर्र्यो । "हामी आदीबासी जनजातिको भाषा लिपीलाई राज्यले हत्याएर जबरजस्ती सस्कृत भाषा पढाउदै छ यो कदापी स्विकार हुन्न र तत्काल खारेज हुनु पर्छ" र "नेपाल चार वर्ण छत्तिस जातको फूलबारी" भएकाले हिन्दु राज्यको नाममा गरिव, दुखि, दलित र जनजातिलाई दमन र शोषण गर्न पाइदैन भनेर आफ्नो गहकिला सिद्धान्त पेस गरे । उसको यस्तो अभिव्यक्तिले दर्शकहरु आकर्षीत तथा मुकदर्शक बनेर सुनिरहे । उसले जनयुद्धमा वालकहरुको महत्वपुर्ण भुमिका रहने कुरा बताउदै अन्य धेरै ठाउँमा छापामारको सुरक्षा दिएको, कयौँ प्रहरी को घेरा बालकहरुको चतुर्र्याईपुर्ण कदमले तोड्न सफल भएको घटना सुनाउदै पुन: सहिदप्रति श्रद्धाञ्जली अर्पण गरी मन्तव्य टुंग्यायो सबै दर्शक आश्चर्य चकित भए । "ईसाकले पनि यस्तो बुझ्ने भएछ, "हामी पो पछि परेछौ....." एकापसमा जवान युवाहरु खासखुस गर्न थाले। मलाई उसले जनयुद्धमा सामेल हुन निकै उत्प्रेरित गर्र्यो ।
"आदरणीय जनसमुदाय सबैको ध्यान यता केन्द्रित गरौ । उद्घोषकले आग्रह गरे सबैको नजर ईशाक तिरै थियो मेरो मनमा पनि निरङ्कुशता बिरुद्ध विद्रोहि भावनाहरु उब्ज्यो । सबै अतिथीहरुले आ-आफ्नो मन्तव्य प्रस्तुत गरे । कलाकारहरुबाट गीतहरु गाईए, नृत्यहरु देखाईए र अन्त्यमा सभापतिबाट सभाको  अन्त्य गर्नका लागि उद्घोषकले अनुरोध गरी सक्दा नसक्दै एउटा कोलाहलपुर्ण आवाज आयो, पर डाडाँमा पुलिस आईसकेको छ होसियार... सबै जना जर्र्याक जुरुक्क उठेर चनाखो हुँदै त्यहाँबाट बाटो ततायो । मञ्चमा ईशाक एक्लै थियो, उसले झुन्डिएर राखेको झण्डा र व्यानरहरु झिकी कुम्लो पारेर तीब्र बेगमा दौडियो । "हुरि चल्यो.....हुरि चल्यो....." जुन शव्द छापामारले सिकाएको खतराको संकेत थियो ऊ घर नपुग्दै छापामारहरु गाउँबाट बाहिरिएर जंगलतर्फ भागीसकेका थिए ।
झिसमीस रातपरी रहेको थियो । वरिपरीको वातावरण सुनसान थियो । आकाशमा पिलपील ताराहरु देखिन थालेका थिए । टोल शान्त थियो अनि बेमौसमी हावा बेगले चलिरहेको थियो । म खाना खाएर कोठामा गएँ निदाउनलाई ओछ्यानमा पल्टीएँ तर निन्द्रै लागेन । दिनभरीको कार्यक्रम र इशाकले गरेको निरङ्कुश द्रोही भाषणले मलाई झक्झक्याई रह्यो । अन्यायको बिरुद्ध आवाज उठाउँदा ज्यान गएको मेरो बुबाको झल्झलि सम्झना आयो । बुबाको आत्माले शान्ति नपाएको भान भयो अनि म अन्यायको बिरुद्ध घरमा बुढी आमा एक्लै छोडेर आन्दोलनमा हिँड्ने सोच आयो मनमा एकाएक ।
म सबै क्रान्तीकारी साथिहरुको सँगतले एक क्रान्तीकारी बनिसकेको थिएँ । गाँउमा हुने साँस्कृतीक कार्यक्रममा म सहभागी बन्न थालेँ "बल्ल बज्यो क्रान्तीको धुन हजुर नेपालमा...!"  भन्ने गितमा ताली बजाउँथेँ साएदै मलाई ति सबैका अर्थ थाह थिएन । मकै उठाउन धान खोस्न जस्तो काममा म साथिहरसँग लागिरहेँ  यद्यपी त्यो त गुण्डाहरु मिलेर लुट्न पिट्न क्रान्तिकारीको मुकुन्डो लगाएर संगठित गुण्डाहरुको समूह रहेछ । र म तत्काल त्यो समूह छोडी अर्कै समुहमा मिल्न गएँ ।
त्यही समय म भन्दा केहि कक्षा माथिका चार साथिहरु गोरखाको थुमीमा मारिए । मेरो आमा शान्तिलाई पनि क्रान्तिकारीको आमा भनी सेनाले गोलि हानिदियो । म मा अब एक किसिमको त्रास फैलियो । मेरो आमा र बुवाको बदला लिनुनै मेरो जीवनको लक्ष्य बन्यो। अब म हतियार उठाएरै दुस्मनसँग लड्न थालेँ त्यति कलिलै उमेरमा । लड्दा लड्दै भोक र प्यासले जंगलमा ढल्न पुगेछु म । बटुवाले पुण्य गरेको रहेछ मलाई आफ्नो घरमा लगेर । जब म बिउँझिए सानो छाप्रोजस्तो घरमा पल्टिरहेको रहेछु । एउटा बुढी आमाले मलाई त्यो मर्ने र मार्ने फोहोरी राजनितीबाट अलग होउ भन्नुभयो । मैले उहाँलाई सेनाले मेरो आमा बुवालाई मारेको र म त्यसले उहाँहरुको आत्मा शान्तिको लागि भएपनी लड्नुपर्ने प्रतिबद्धता जाहेर गरेँ । उहाँले शान्त हँदै भन्नुभयो कसैले पनि अजम्बरी जुनी पाएको हुँदैन । कुकुर बिरालो मरेझैँ मर्नुभन्दा त सहिद हुनु नै अती उत्तम हो बाबू । तिमले मलाइ आफ्नै आमा सम्झिन्छौ भने यो फोहोरी खेल नखेल बाबू!
मैले एउटा आमा गुमाएपनि अर्को आमा पाएँ । अनि मैले क्रान्तिकारीको साधरण सदस्यता पनि फ्याँकीदिएँ । मैले त्यो स्कुल बदलेर अर्को बिद्यालयमा पढाई शुरु गरेँ त्यहाँ पनि माहोल त्यही थियो । तथापी म फरक धारमा उभिएर आफ्नो माध्यामिक तहको पढाई सकेर म रत्नराज्य क्याम्पसमा भर्ना भएँ । माहोल त्यहाँ पनि त्यस्तै थियो तर म हातमुख जोर्ने सिलशिलामा नै लागेँ म र मेरो पढाई बिभिन्न कारण अलपत्र परे । मैले आफ्नो पढाईलाई निरन्तरता दिन सकिन । पछि मैले डिग्री गरेँ त्यसै कलेजबाट । त्यही  क्रममा काठमाडौंमा बस्ने मेरो पुरानो साथीसँग भेट भयो । उहाँसँगको भेटले मलाई फेरी क्रान्तीकारी बनाईदियो । मैले आफ्नो कार्यस्थलमा यसको प्रारम्भ गर्ने सोच बनाएँ तर बिबिध कठिनाई र त्यो बेलाको माहोलले योजना सफल हुन सकेन । मैले कयौँ पटक प्रहरी तथा त्यतीबेलाका सयुक्त फोर्सले मलाई भेट्ने बित्तिकै गाँउ गएको बेला निसाना बनाउने गर्थ्यो । बिस्तारै म यी सबै कुरामा हात बढाउन सकिन तर मन भित्रको क्रान्तीकारी भाबना मार्न सकिन । अन्ततः मैले आफुले काम गर्ने कारखानामा एक मजदुर युनियन गठन गरेँ । त्यतीबेला क्रान्तीकारी सँगठनको गठन हुन सक्ने स्थिती थिएन । जिफण्ट अन्तर्गत मैले संगठन दर्ता गराएर यसलाई विधिवत बनाएँ । अन्तमा म माथि खरिदीका प्रयास भए तर पनि मैले मागपत्र प्रस्तुत गरेँ र सबैलाई एकत्रीत गर्दै मैले सम्पुर्ण कामदारको हक हितका लागी ब्याबस्थापनसँग माग गरे बमोजिम सम्झौता भईछाड्यो ।
म त्यहाँ अब ब्याबस्थापन पक्षको आँखाको कसिङ्गर बनेँ अनि म माथि हरेक किसीमका ब्यबहार हुन थाल्यो । मलाई म भन्दा र मेरो सिमा भन्दा बाहिरका कामहरु लगाईए मैले गर्दै गएँ ।यता मेरा साथिहरु भने म ब्याबस्थापन पक्षसँग मिल्यो भन्ने बुझ्न थालेका थिए । यसै बिच मैले आफ्नो अध्यक्ष पदको राजिनाम दिने सोचमा थिँए तर त्यहाँका मजदुर साथिहरु भने मलाई एक सँच्चा नेतृत्व भएको मान्छे भन्ने सोच्दथे । अन्तमा मैले फेरी सबैलाई समेटेर अनि मनमुटाबलाई मेटाएर एक शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेँ । जति बेला दशैँ पनि आउदै थियो भने दशैँ पेश्की जुन हाम्रो हक थियो, त्यसबारे ब्याबस्थापनसँग जोडदार माग गरेँ अन्ततः सबैले दशैँ बिदा र पेश्की पनि पाए । यसरी हजार फाटाहरु मिलाउँदै म अगाडी बड्दै गएँ भने जिम्मेवारी र चुनौतिहरु कति कति आईपरे । सबैको उत्तर म दिँदै गएँ, म सबैको मन बुझाउने हुँदै गएँ, म मा केहि छुट्दै गयो र केहि थपिँदै पनि । आखिर छुटेकालाई मैले फेरी जुटाउन सकिन । सबैको मन बुझाउन सक्ने म आफ्नै मन बुझाउन सकिन म र मेरो संसार अनि सपना नेता बन्ने पक्कै थिएन तर म एक मजदुर नेता बनेँ । नचाहँदा नचाहँदै कति के के मा जोखिएँ म, सबैको  प्यारो म एक सिनेमाको पात्र जस्तै प्रिय बन्दै जाँदा म मा केहि खट्किँदै थियो । म आफु सँकुचीत हुँदै छु वा  फराकिलो हुँदै जाँदैछु ज्ञान भएन ।
मैले सबैको मन बुझाए पनि म आफैँलाई बुझाउन सकिन । मेरो सोंच एक धमिलीँदो राजनिति र त्यो बर्तमानसँग पटक्कै मेल खाएन । म भित्र आफैमा एक अशान्त छाएको थियो । म प्रगती गर्न चाहन्थेँ, केहि बन्न चाहन्थेँ, केहि गर्न चाहन्थेँ तर म खै कुन बाटोमा हिँड्दै थिँए अन्योलमा थिएँ । म एक्लै एकान्त ठाँउमा जान्थेँ र के-के लेखेर बस्थेँ । म प्रायः आफ्नै बारेमा लेख्थेँ । दैनिकि लेख्न  खुबै मन पर्थ्यो । आज यो गरेँ यसो गरेँ सबै संक्षिप्तमा लेख्थेँ म र मेरो डाएरी त्यतीबेला कापी बनेको थियो । जब म एक्लै हुन्थेँ मेरा मानसपटल भरि शब्दमात्र आइरहन्थ्यो । आजसम्म पनि छ जब म एक्लै हुन्छु म बिना शिर्षक लेख्छु कति कबिता बन्छन कति गजल बन्छन कति कथा अनि कति काम न काजका गन्थन । म एकान्तको खुबै सेयर गर्थेँ अनि जे जे मन लाग्यो लेख्थेँ । तर पनि मैले मन र जीबनलाई एक सहि मोडमा पुर्र्याउन सकेको थिईन ।
बिचमा मेरो जिबनमा धेरै उत्तवचढाव आए । मैले आफुलाई आफ्नो नजरमा एक अतृप्त प्यासी पाँए म आफुलाई आफुबाट जोगाउन खोज्दै नेपाल छाडिदिँए र म कतार गएँ । कतारको बसाई पनि एक बर्षसम्म मौनब्रत जस्तै बन्यो अन्तत मैले कतारका पिडा र आँशुका दाना दाना समेटी एक उपन्यास "आजको प्रेम" प्रकाशनमा ल्याएँ, कतारमा म को हो भनेर थोरैले चिनेका थिए, नत म आफूलाई  चिनाउनै चाहन्थेँ । मेरा प्रेरणाका स्रोत कतारमा एक अत्यन्त घनिष्ट मित्र हुनुहुन्थ्यो । उहाँले मैले जे लेखे पनि राम्रो छ भन्दै मलाई फुरुक्क पार्नुहुन्थ्यो । महेन्द्रबाट  एम पि हुँदै लेख्न थालेँ, म लेख्दै जान्थेँ उहाँ प्रकाशित गर्दै जानुहुन्थ्यो । मेरो नेपाल फिर्तीसँगै मैले मेरा उपन्यासका केहि कपिहरु रत्नपार्कमा फुटपाथमा सामान बेच्ने केटाकेटिहरुलाई बाँडिदिँए मेरो सन्देश यो थियो कि बरु नेपालमा नै जे पनि गरौ तर बिदेश नजाँउ । म बिदेश नजान सबैलाई अनुरोध गर्दै आफैँ फेरी कतार फर्केँ, कतारका न्युन कमाई भएका केहि प्रिय मेरा स्नेहिहरु बिच मैले केहि उपन्यासहरु बाँडिदिँएँ तथापी मैले आफ्नो लगानी उठाँए, त्यहाँ उप्रान्त मैले कतारमा रहि आफ्नो जिन्दगी अलग गरिदिँए ।
मैले यसपछि मात्र वास्तविक जिवन जिउन सिकेँ अनि आफुले आफैँलाई रफ्फु भर्न सिकेँ । जिन्दगीका हजार रुप देखेँ हजार रुप लेखेँ तर कुनै अमिलो पन महसुस गरिन मैले । मलाई जिन्दगीले रुखमा चढाउँदै फेद ढाल्दै गर्यो म रुख सँगै ढल्दै गएँ तर म घाईते भईन, मलाई सफलता र असफलता बराबर मिले तर मैले कसैको दिल दुखाईन, कसैको मैले केहि बिगारीन, जहाँ मेरो कारण कोहि प्रभाभित भए कोही दुखी भए होलान् । आज यहाँ सम्मको यात्रामा साथ निभाई नै रहनु भएका मेरा गहन मित्रको सहयोगल एक उदाहरणीय पात्रको हिस्सा लिएको छु । म आज पनि त्यही हु जो हिजो थिएँ र भोली पनि त्यही रहनेछु जो आज छ । म कसैसँग दाँजिन चाहन्न । मेरो मनमा आउने मेरो क्रान्तीकारी बिचार र अन्नयाय बिरुद्वको मेरो आवाज आज पनि म मा जिबित नै छन् । जँगलमा बाघ सुतेर बस्दा बाँदरले राज गरे झैँ म आफू र राष्ट्रलाई त्यो बाँदर र जँगलसँग नदाँजि म आफुले नै जँगल छाडेको महसुस गर्न चाहेको छु । मलाई बाँदरले टोकेको बाघ बन्नु भन्दा जँगल छाडि अर्को जँगल पसेको बाघ बन्न मन पर्छ ।
दस बर्षे जनयुद्ध कालमा गुमाएको क्रान्ति र शान्ती Rating: 4.5 Diposkan Oleh: Teach Sansar

COMMENTS

Name

कथा / कहानी,11,गजल / मुक्तक,3,जोक्स / हाँस्यव्यङ्ग्य,4,डाउनलोड,1,दन्त कथा,2,दैनिकी/डायरी,6,नि:शुल्क ई-बुक,1,प्रेम कथा,6,प्रेरणादायक लेख,2,यात्रा संस्मरण,2,लघु कथा,1,सामाजिक कथा,3,
ltr
item
Bikas Gurung's Blog: दस बर्षे जनयुद्ध कालमा गुमाएको क्रान्ति र शान्ती
दस बर्षे जनयुद्ध कालमा गुमाएको क्रान्ति र शान्ती
दस बर्षे जनयुद्ध कालमा गुमाएको क्रान्ति र शान्ती - जाडो याम छ, सडकमा सवारी साधनको आवाजले नजिकै होटलमा बोलिरहेका मान्छेको आवज पनि प्रस्ट सुन्न सकिरहेको छैन ।
https://2.bp.blogspot.com/-ePB7E8X5Ag0/Wm0rw_4hxdI/AAAAAAAABQs/YKXxhmwZRBA4heO6QPSFmpy_7FEwjphHgCLcBGAs/s640/Nepal%2BCivil%2BWar.jpg
https://2.bp.blogspot.com/-ePB7E8X5Ag0/Wm0rw_4hxdI/AAAAAAAABQs/YKXxhmwZRBA4heO6QPSFmpy_7FEwjphHgCLcBGAs/s72-c/Nepal%2BCivil%2BWar.jpg
Bikas Gurung's Blog
https://www.bikasgurung.com.np/2018/01/jajayuddama-gumayeko-kranti-ra-shanti.html
https://www.bikasgurung.com.np/
https://www.bikasgurung.com.np/
https://www.bikasgurung.com.np/2018/01/jajayuddama-gumayeko-kranti-ra-shanti.html
true
8362277275083073077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy