About me

मानिसको इच्छा र चाहनाहरु पनि बुझि नसक्नुको । कुनै कुरामा जानेरनै हात हाल्न मन लाग्छ त कुनै कुरामा केवल इच्छा र चाहनाले । निशंकोच भन्छु : म ब्लगिङ क्षेत्रमा जानेर अवस्य आएको हैन केही सिक्ने इच्छाले आएको हुँ । आफ्ना जीवनका भोगाई र भावनाहरुलाई झिनो शब्दहरुको सहायताले ब्लगिङको माध्यमबाट आम पाठकहरु माझ पस्कने एउटा वहाना मात्र हो मेरो यो ब्लग । कहिलेकाही आफूलाई राम्रो लागेका विषयबस्तु र सामग्रीहरु स्रोत खुलाएर आफ्नो ब्लगमा राखिदिने पनि गरेको छु । तर कसैको व्याक्तिगतअधिकारमा आँच आउने गरि व्यापार गर्नु मेरो उदेश्य हैन ।
जीवनयात्राको क्रममा उकाली ओराली, भञ्ज्याङ चौतारी गर्दै हजारौं नागवेली घुम्तीहरु पार गरेर आउदा निर्दोष पाइलाहरुमा हजारौं बिषालु काँडाहरु पसिसके तर आफूलाई को भनी चिनाउने काममा असफल नै छु । मल्याङ्कोट-३ स्याङ्जाको पबित्र भुमिमा बाबा सुकलाल र आमा देउमायाँ गुरुङको गर्भबाट बि. सं. २०५२ फाल्गुन ११ गते कान्छो छोराको रुपमा पाइला टेकेको म एउटा सर्वसाधारण परिवारको केटा हुँ । घर मेरो सानो झुप्रो घाम पानी नछेक्ने राति सुतेर आकाशमा नियाल्दा जुन तारा छर्लङ्ग देख्न सकिने । अन्धविश्वास र कुरितीको खाडलमा भासिएर पनि नक्कली पहिचानमा अडेर आफूलाई सर्वश्रेष्ठ ठान्ने यो स्वार्थी समाजको मान्छे हुँ म, एक्काइसौं शताब्दीमा अशिक्षित र अवैज्ञानिक रुपमा युगलाई परिभाषित गर्न खोज्ने रुढिग्रस्त र अज्ञानी मान्छे हुँ म, अनि आफ्नो सक्कली पहिचान खोज्दै भौतारिँदा कुहिरोभित्र रुमलिएर आफै हराएको कागझैँ भएको बेसाहारा र उदासी मान्छे हुँ म । मेरो लागी जीवन एउटा खुला किताब हो, जहाँबाट म हर तितामिठा पलहरू अध्यन गरी महसुस, प्रयाश्चित अनि सिकाई गर्न सक्छु । सामाजिक सञ्जाल मेरो आफ्नै कथा व्यथा, हाँसो आँसु, सुख दुःखका क्षणमा हरपल सहयात्री डायरी हो, जसबाट म आफ्नो सजिब भावहरुलाई निर्जीव पानाभित्र कैद गरेर राखी अरुलाई र आफैंलाई पनि भविष्यमा प्रेरणाको स्रोत बनाउन सक्छु । कलमको सहायताले कालो संसारमा स्वतन्त्र कुद्न सक्छु, रमाउन सक्छु, रुन सक्छु, बहकिन सक्छु र सायद हाँस्न पनि सक्छु अनि आफ्नो मन केही हदसम्म हल्का बनाउन सक्छु । केही सिक्न भनि लेख लेख्छु, जानेर सायद हैन त्यसैले मेरो लेखको बिषयवस्तु विरोधाभासपूर्ण हुन सक्ने कुरामा मेरो कुनै दुईमत हुनेछैन ।

प्रत्यक्ष सम्पर्कको लागी :

नाम : बिकास गुरुङ
स्थायी ठेगाना : मल्याङ्कोट-३ (लग्दा) स्याङ्जा, गण्डकी, नेपाल
अस्थायी ठेगाना : शुक्लागण्डकी-८ खैरेनीटार, तनहुँ, नेपाल





#buttons=(Accept !) #days=(60)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top