Black Valentine (ब्लाक भ्यालेन्टाइन) – Love Story | Free PDF Ebook

0
Black Valentine by Bikas Gurung.png
Black Valentine by Bikas Gurung
जीवन यस्तो उकाली ओराली हो जुन हिँडेर सकिँदैन, जीवन यस्तो रहस्य हो जुन खुलेर सकिँदैन । जीवन एउटा किताब हो जो पढेर सकिदैन अनि जीवन यस्तो रहस्य हो जो खोलेर सकिँदैन । अनन्तः जीवनयात्राको दोबाटोमा कयौं साथीहरु आए । कतिबाट सुख दुःखमा साथ पाएँ, कतिबाट निर्दोष चरित्रमा दाग लाग्ने गरी लात खाएँ । कसैबाट सुमार्गमा हिँड्न हात पाएँ त कसैबाट झेली र मिठा बात पाएँ । कतिले हँसाए कतिले रुवाए । कति आफै जले कतिले जलाए । कसैले मबाट अलिक बढीनै आश गरे जसको इच्छा पूरा गर्न मैले सकिन र उनीहरुको अहममा चोट पुर्याएँ । त्यस्तै कयौबाट मैले पनि अलिक बढीनै आश गरें जसले मेरो इच्छा पुरा गराउन सकिन र मेरो अहममा चोट पुग्यो । तर तितो सत्य कुरा म दुखी हुँदा मैले आफ्नो भावनामा चोट पुर्याएको सम्झें र उनीहरु दुखी हुँदा मैले उनीहरुको भावनामा चोट पुर्याएको सम्झे । नराम्रो माने होलान नहोलान त्यो उनीहरुलाई नै थाहा होला । मैले पनि नराम्रो माने नमाने यहिँ मनलाई थाहा होला । यस्तै यस्तै अनगिन्ती चोटहरुबाट मैले फलस्वरुप एउटा निष्कर्ष निकालें । त्यो हो – हामीले कसैबाट केही कुराको चाहना राख्न छोड्नुपर्छ जसले हाम्रो पवित्र साइनोमा कालो पर्दा उघारिदिँदो रहेछ । तिनै एकतर्फी चाहनाकै बाबजुद सिर्जित कथा हो यो मेरो : “ब्लाक भ्यालेन्टाइन” यानकी कालो प्रेम दिवस… कृपया माया गरेर पढिदिनुँ होला र प्रतिक्रिया दिन नभूल्नु होला । - Read Online
नोट : यस कथा भित्रको घटना र पात्रहरु काल्पनिक हुन् । यदि कसैसँग मेल खान गएमा त्यो संयोग मात्र हुने छ र म क्षमा चाहन्छुु ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(Accept !) #days=(60)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top