असम्भव भन्ने केहि पनि छैन । नेपोलियन बोनापार्टले भनेका थिए – “असम्भव भन्ने कुरा केवल मुर्खहरुको शब्दकोशमा मात्र हुन्छ ।” त्यसैले हामिले यो सकिन्नी, त्यो सकिन्नकी भनेर कामै नगरी बस्नुभन्दा काम आजैबाट सुरुवात गर्नुपर्दछ । कुनै पनि काम सानो, ठूलो भन्ने नै हुदैन । जुन काममा, तपाईँको लक्ष्यमा पुग्न चाहनुहुन्छ । त्यो कामलाई निरन्तरता दिनुपर्दछ । एक दुई चोटि असफल भयो भन्दैमा त्यसलाई बिचैमा छोड्नु भनेको पागल बन्ने बाटो रोज्नु हो । संसारका महान् बैज्ञानिक थोमस एल्भा एडिसनले बल्ब (चिम)को आविश्कार गर्दा ९९९ पटकमा मात्र सफलता हात पारेका थिए । त्यसैले हामिले एकचोटि असफल भयो भन्दैमा त्यसलाई चटक्कै छोड्नु हुदैन । कम्तिमा थोमसले जस्तै कामलाई निरन्तरता दिनुपर्दछ
। कुनै काम सुरु गर्दा देखिनै हामिले लक्ष्यमा पुग्ने आसा र आत्मविश्वास राख्नुपर्दछ । पहिल्यै हुदैनकी, बन्दैनकी, बिग्रन्छकी भनेर सुरुवात गरियो, आत्मविश्वास भएन भने त्यसको लक्ष्यमा पुग्न सकिदैन । त्यसैले “म सक्छु”, "म गर्छु" भन्ने आत्मविश्वास तपाईँसंग हुन जरुरी छ । मानिस चौरासी लाख प्राणीमध्ये अलि विवेकशिल, चेतनशिल प्राणी भनेर हामि गर्भ गर्दछौँ । तर हामिनै पशुभन्दा पनि अझबढि अविवेकशिल भएका छौँ । त्यसैले हाम्रो व्यावहारलाई बदल्नु छ । जन्मनु, हुर्कनु, बिहे गर्नु, जागिर खानु, बाबुआमा बन्नु अनि मर्नु, यो सबै मानिसको नियामित कर्म हो । त्यसैले अरु मानिसभन्दा फरक भएर समाजको लागि देशको लागि र आफ्नो लागि केहि गर्नु बल्ल जन्मेको सार हो । सोच जहिले पनि महान् लिनुपदर्छ । आज भन्दा एक सय बर्ष पहिले जन्मेका महाकवि लक्ष्मीप्रसाद देवकोटाले कविता लेखेका थिए । “उद्देश्य के लिनु उडि छुनु चन्द्र एक ।” त्यतिबेला बैज्ञानिकको चन्द्रमा छुने कल्पना मात्र थियो होला सायद । अहिले त्यो अवस्था छैन बैज्ञानिकहरु चन्द्रमामा बस्ती बसाल्न लागि परेका छन् । आजका एक सय बर्ष पछिका हामिले पनि चन्द्रमा छुने उद्देश्य मात्र लिएर पुग्दैन । अब सुर्यमा घर बनाउने उद्देश्य लिनुपर्दछ ।