अधिकार (Rights)

0
मलाई लाग्दै छ, आमालाई अब यहीँ लिएर आउनुपर्छ यस्तो बिरामीमा उहालाई एक्लै बस्न दिनु हुँदैन । मलाई आमाको चिन्ता लागि रहेको छ । रमाले आफ्नो श्रीमान रामहरिलाई भनी ।
हो, आमा त्यसरी एक्लै त्यहाँ फेरि बिरामी पनि । चिन्ता त मलाई पनि भैरहन्छ आमाको तर के आमा यहाँ आएर बस्नुहुन्छ र छोरिको घरमा? रामहरिले आशंकित भावले रमा तिर हेर्दै बोल्यो । थाहा छ नि, पहिला जब अचानक ससुराबा स्वर्गबास हुनुभयो तब  मैले र तिमिले यहाँ आमाको मन बहलाउनलाई ल्याउनको लागि भनेका थियौं उहाँले ठाडै अस्विकार गर्नुभएको थियो ।
फेरि आमा यहाँ आउने भन्नुभयो भने बस्नुहुन्छ चाहिँ कहाँ ? तिमिलाई थाहा छ नि दुई बेडरुम भएको कोठामा बस्छौ हामी यस्तोमा कसरी म्यानेज गर्छौं ?
पल्लो पुजा कोठामा "मन्जु" पुजा गर्दै छोरा बुहारीको कुराहरू सबै सुनिरहेकी थिइन् । तुरुन्तै उठेर रामहरि र रमाको कोठाको ढोकामा पुगेर भनिन् - उस्तो केही हैन बुहारी तिमी भोलि नै गाउँ जानको लागि तयारी गर म पनि जान्छु तिम्रो साथमा र उनलाई लिएरै आउनेछौं ।
अनि छोरा बुहारी, कुरा बस्ने ठाउँको हैन । इज्जत र सम्मान मायाले दिन जान्नुपर्छ । चिन्ता आमाको हेरचाहमा हुन्छ । थाहा छ हाम्रो घर सानो छ र दुई बेडको कोठा छ । छोरा एक कोठामा तिमिहरु दुई बस्नु । दोस्रो कोठामा म र सम्धिनी बस्छौं । यस घरमा जुन रामहरिको आमाको अधिकार छ उत्ति नै मेरि बुहारीको आमाको पनि छ ।
आमाको बोली बन्द हुने बित्तिकै रामहरि र बुहारी रमा आँखामा टिलपिल आँसु पार्दै आमाको गोडामा झुक्छ्न ।
सन्तोष कार्की 'मौसुफ'

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(Accept !) #days=(60)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top