बिश्वास (Faith) |
सुमित्रालाई अंकमाल गर्ने बित्तिकै रामहरिको अनुहारमा एक कुटिल मुस्कुराहट आएको थियो । ऊ यहीँ दिनको पर्खाइमा थियो ।
६ महिना अघि देखिनै रामहरि सुमित्रालाई पाउन हतारमा थियो ।
सुमित्रा एक सुन्दर र लजालु स्वाभावकी केटि हो । ७/८ महिना अगाडि उ गाउँबाट उच्च शिक्षाको लागि शहर आएकी थिई । पढाइको फिस र कोठाभाडा शहरको महंगाइले गर्दा उ पार्ट टाइम जबको शिलशिलामा रामहरिको अफिसमा जोइन हुन आइपुग्छे ।
३५ बर्ष पार गरिसकेको रामहरि कुनै केटिहरुसँग अहिलेसम्म घुलमिल भएको थिएन । जबकि उसको साथीहरू उसलाई यहीँ कुरामा चिड्याउने गर्थे कि उनिहरुले कस्ता-कस्ता केटिहरु आइ पट्याएर छाडिसकेका थिए । यहीँ कुरामा ईख राखेको रामहरि पनि उनिहरुले जस्तै कुनै केटिलाई सिकार बनाउनलाई तल्लीन थियो । त्यसै समय उसको अफिसमा सुमित्राको इन्ट्री हुन्छ । एउटै डिपार्ट र आफुभन्दा सिनियर भएका कारण सुमित्रा रामहरिलाई बिश्वास गर्ने गर्थी ।
रामहरि पनि सुमित्रा जस्ती जिवन साथिको खोजिमा थियो तर साथिहरुको धेरै कुराहरुको असर मस्तिस्कमा थियो । रामहरि सुमित्राको शरीर पाउनको लागि सोच्न थाल्यो ।
कुनै वहाना गरेर उ सुमित्रालाई आफ्नो साथिको खाली कोठामा लिएर गयो । उनै साथिहरुले जस्तै सुमित्रालाई कोलड्रीङ्कमा वेहोस पार्ने औषधि मिसाइ दियो । जो सुमित्राले धेरै विश्वासका साथमा पिइ । उ बेहोसिमा रामहरिको काँधमा शिर अड्याइ सकेको थिइ । रामहरिले उसलाई ओछ्यानमा सुतायो र आफुपनी जवानिको जोसमा आफ्ना कपडाहरु आफ्नो शरिरबाट एक-एक गर्दै अलग गर्न थाल्यो ।
ओछ्यानमा सुतेकी सुमित्रा बेहोस थिइ तर उसको अनुहारमा अजिव खाले एक प्रकारको मुस्कान थियो । यो देखेर रामहरि को पाइला रोकियो ।
कति बिश्वास गर्छे यो मलाई !
मलाई माया गर्छे !
भरोसा गर्छे !
नाटक गर्दै मैले सिर्फ यति भन्दा मसँग यहाँसम्म आई । यो मेरो सपनाको घर हो ।
बिना कुनै निसंकोच मैले दिएको कोलड्रीङ्क पिई । हैन यो मलाई के भयो ? हुँदैन यो म गर्न सक्तिनँ ।
यसले मलाई बिश्वास गर्छे । म यसको साथमा के गर्दै छु ?बिश्वासघात? धोका?
हुँदैन हुँदैन भन्दै सुमित्राबाट आफू टाढा हुँदै आफ्नो कपडा लगाउन थाल्यो । पानीको छिड्काले सुमित्रालाई होसमा ल्याउन कोशिश गर्यो । छिटैनै सुमित्र होसमा आई । आफ्नो गल्ती सुधार्न रामहरि उसलाई सुरक्षित सुमित्राको घरसम्म पुर्याइदिन्छ ।
- सन्तोष कार्की 'मौसुफ'