खेेताला लोग्ने 'सामाजिक कथा'

खेेताला लोग्ने 'सामाजिक कथा'
खेेताला लोग्ने 'सामाजिक कथा'
धेरै वर्षपछि आज अचानक भेट हुँदा रबिन र कमल असाध्यै खुसी भए। अप्रत्यासित भेटले उनीहरुको मानस्पटलमा बाल्यकाल चल्मलाउन थाले। बाल्यकालको साथी कमल हङकङबाट सफ्टवेयर ईन्जिनियरिङ सकेर माईक्रो सफ्टमा एड भएको खबर सुनेर रबिनका आँखा खुसीले रसाए। ‘घरपरिवारको बोझले थिचिएर धेरै पढ्न सकिनँ’, रबिनले कमलसँग दुखेसो पोख्यो। ‘म त कृषक पो भएर बसेको छु।’
काम सानो ठूलो हुँदैन भनेर कमलले सम्झायो। दुवैले बाल्यकालका सम्झनामा डुबुल्की मार्न थाल्यौँ। खोलामा पौडी खेलेको, माछा मारेको क्षण सम्झ्यौँ। एकदिन पौडी खेलेर निस्कँदा खोलाले दुवैको लुगा बगाएको थियो। अण्डरवेयर समेत नहुँदा दुवैले आ-आफ्ना हातले लाज छोपेर घरसम्मै दौडँदै गएको कुरा सम्झने बित्तिकै हाँसोको फोहोरा छुट्यो।
रबिनले कमललाई आफनो गाउँ घुम्ने निम्तो दियो। समय मिलाएर फेरि भेट्ने बाचा गर्दै उनीहरु छुट्टिए। पारिवारिक तनावले गलेका रबिनको अनुहारमा अनायासै खुसीका रंग पोतिएको देखेर उसका छोराहरू समीप र सौगात पनि खुसी भए। सौतेनी आमाको कचकचले पिरोलेका उनीहरुका अनुहारमा छाएको मुस्कानले केही हदसम्म शीतलता प्रदान गर्यो।
एक दिन आत्मीय मित्र रबिनको गाउँ जान भनेर कमल निस्कियो। साथीको स्वागतमा रबिनले गच्छे अनुसार मीठो मसिनो जोहो गरेको थियो। सुरूमा उसले परिवारका सदस्यहरुसँग परिचय गरायो। श्रीमती : जानु, छोराहरु समीप र सौगातसंग।
भर्खर सत्र-अठार वर्षकी जस्ती देखिने जानु रबिनकि श्रीमती भन्दा कमल छक्क पर्यो। तैपनि उमेरमा रबिन आफुभन्दा सात महिना जेठो भएकाले उसले भाउजु भन्दै जानुसँग साइनो गाँस्यो। समीप र सौगातले पनि कमललाई अंकल भनेर सम्बोधन गरे।
भान्छामा पाकेका परिकार पस्किइन जानुले, साथमा मीठो मुस्कान पनि। रमाइलो मिसिएको थियो आज रबिनको परिवारमा। बेलाबेलामा जानुको हातमा बजेको चुरीको धुन, चिटिक्क मिलेको जीउडाल, निहुरिँदा बिकिनी छिचोलेर निस्कूँझैँ गर्ने टम्म मिलेको छातीले कमलको मुख रसाएर आउँथ्यो। अनि रबिनको स्वच्छ गाउँले भोजनसँगै चपाएर निल्थ्यो उसले त्यो रस पनि।
खानापछि समीप र सौगात दुवै स्कुल गए। जानु मेलापात गइन्। वर्षौंपछि दुवै साथी फुर्सद निकालेर आँगनमा गफिए, न्यानो घाम ताप्दै ।
कुरैकुराको शिलशिलामा रबिनले सोध्यो, - कमल बिहे गरीस् कि छैनस्? कि सँधै माईक्रो सफ्टवेयरमै कम्प्युटर बन्ने विचार छ? बुढो होलास् नि?’
कमल फिस्स हाँस्यो र रबिनका प्रश्नको सहज तरिकाले जवाफ दियो। ‘अध्ययनमा व्यस्त हुँदा बिहे गर्ने मुड चलेन। हङकङमा पढ्दा गर्लफ्रेण्ड त थुप्रै थिए। रिल्याक्स गरियो’, कमलले भन्दै गयो; ‘पछि सबैले आ-आफनो सुर गरे। म पनि नेपाल आएँ, र आफ्नो मोबाइल ग्यालरी खोलेर बसेँ। समय त्यसै बित्यो। तैँले त विदेशमा खुब मोज गरिछस् नि उल्यायौ कुमारले। अनि दुवै हाँसे गलल्ल। रबिन तैँले त चाँडो बिहे गरिछस् नि, भाउजू त भर्खरकी हुनुहुँदो रै’छ त?’ कमलले  सोध्यो ।
बाबु-आमा बितेपछि घर सम्हाल्ने कोही भएन तैँले जस्तो विदेशमा पढ्न, केटी घुमाउन र मोजमस्ती गर्न तकदिरमा लेख्या रैन'छ त क्यारे’ रबिनले भन्यो। ‘जानु मेरो दोस्रो बिहे हो अनि किन भर्खरकी नहुनु त?’ रबिनको जवाफ नसकिँदै कमलले सोध्यो, ‘अनि पहिलेकी भाउजू खोई त?’ रबिनको पहिलो बिहे गाउँमै भएको थियो। समीप र सौगात उनकै चिनो हुन्। ‘दैवले अकालमै चुँडेर लग्यो उनलाई’, रबिनले गहभरि आँसु पार्यो, त्यसपछि जानुसँग बिहे गरेँ।
दुवैले सुखदुःखका कुरा गरेर दिन बिताए। जानुको जवानी सम्झेर बेलाबेलामा कोक्याइरहन्थ्यो कमलको मन। ऊ घुटुक्क थुक निल्थ्यो। दुवैले लामो समयसम्म हराएको मित्रतालाई निरन्तरता दिने बाचासहित बिदावारी भए। हिड्ने बेला दुबैका आँखा रसाए, मायालुका झैं।
साँच्चै असल मित्रता थियो यी दुईबीच। मित्रताको साइनो भित्र दुवैका भावना अविरल बगिरहेका थिए। दिनहरु जसोतसो बित्दै थिए। ‘सन्तान चाहियो’ भनेर रातदिन जानुले कचकच गर्न थालिन्। सुन्दा सुन्दा रबिन दिक्क भइसकेको थियो। ‘मलाई जसरी भएपनि सन्तान चाहियो, सौताको छोराहरू त खील हुन्, पछिसम्म दुखिरहन्छन्’, बारम्बार जानु घुर्की लगाउँथिन्।
सुनेर पनि नसुनेझैँ गर्नु रबिनको बाध्यता थियो। जवान जानुले सन्तानको चाहना गर्नु स्वभाविक थियो। तर, श्रीमतीको रहर पूरा गर्न उनी सक्दैनथे। जानुका अपुरा रहरहरु पूरा गर्न स्वास्थ्यकर्मीसँग सल्लाह गरेर उनका लागि गरिएको कृत्रिम गर्भाधारणको प्रयास तीन पटकसम्म पनि असफल भयो। गाउँले भाषामा भन्नुपर्दा साँढेले नि नसकेको वा साँढे नफापेको कोरेली बाच्छी’ को झैँ भयो उनको जीवन।
हैसीयतले भ्याएसम्म उपचार गर्दा पनि रहर चुँडिदा विचलित थिइन् उनी र कलह मच्चाउन थालिन् सानो परिवारमा। उनको कलहबाट मुक्त हुन रबिनले अनेकौँ उपाय रच्न थाल्यो। अन्तमा रबिन बाल्यकालको मित्र कमलकोमा शरणार्थीझैं हात फैलाउन पुग्यो।
शहरको शानदार महलमा शान्तसँग जीवन बिताइरहेको कमल आफ्नो अगाडी रबिनलनई देखेर दंग पर्यो। ग्वाम्लाङ अँगालोमा बेर्यो। पहिले जस्तो रबिनको अनुहारमा खुसी नदेख्दा कमलको मन खिन्न भयो। ऊ सशंकित भयो, ‘कतै मैले जानु भाउजुको रूपलाई भित्रभित्रै मन पराएको कुरा रबिनले थाहा पायो कि!’ उदास रबिनका नयन नियाल्दै उसले सोध्यो, ‘रबिन, किन चिन्तित देख्छु नि, के भयो? मबाट केही सहयोग हुन सक्छ कि?’ रबिनका आँखाबाट बररर आँशु बर्सन थाले। उसको मुखबाट फुत्त एउटा आवाज निस्कियो, ‘कमल  म साँच्चै सहयोग माग्न आएको हुँ, सहयोग गर्छस्?’
दिल खोलेर सहयोग गर्नु त मित्रको कर्तव्य नै हो नि, नत्र केको मित्र भन्नु? के सहयोग गर्नुपर्यो मैले, भन् न रबिन’, कमलले सहानुभूति देखायो। रबिनले आफनो ब्यथा सुनायो। ‘गरीबीमा भए पनि खुसी थियो मेरो परिवार। दुई छोरा, श्रीमती र म। कति सुन्दर थियो हाम्रो संसार। एकदिन म र श्रीमति घाँस काट्न जंगल गएका थियौँ। अचानक भीरबाट चिप्लेर लड्दा श्रीमतीको मृत्यु भयो। म भने रुखमा च्यापिएर घाइते भएछु। भगवान दाहिना भएर मलाई जीवनदान त दिए तर मेरो प्रजनन शक्ति त्यसैदिनबाट खोसिएर टाढा भयो, सँधैका लागि। उपचारपछि म बाँच्न सफल भएँ। त्यसपछि जानुसँग मागी विवाह भयो। तर, सन्तानको रहरमा डुबुल्की मार्ने उसको चाहनाको अघिल्तिर मेरो कमजोरी के लुक्न सक्थ्यो र? यहि कुराले उनी दिनहुँ कलह गर्छिन्। समीप र सौगातलाई पनि आमाकोभन्दा सौतेनी गिद्धे दृण्टिबाट हेर्छिन्।’
रबिन सुनाउँदै गयो, ‘कैयौँ पटक कृत्रिम गर्भधारण गराउन खोज्दा पनि असफलनै हुन पुग्यो। महंगा आधुनिक उपचार गर्नु मेरो हैसियत भन्दा माथि छ। त्यसैले कमल  केही समय तैंले मेरो जीवनमा खेतालाको रूपमा काम गरिदिनु पर्यो। त्यसका लागि म ज्याला दिन त सक्दिनँ। तर, पनि सहयोग गरिदिए आभारी हुनेथिएँ।’
रबिनको कुरा सुनेपछि कमलको मन पनि पीडाले घोच्न थाल्यो। त्यसभन्दा ठूलो त ऊ दोधारमा पर्यो। जानु भाउजूप्रति उसको प्रेम अव्यक्त रुपमा हृदयमै लुकेको थियो। तर, जानुलाई खोसेर रबिनको जीवन अलपत्र बनाउन चाहदैन्थ्यो ऊ। रबिनको जीवनमा सहयोग गरूँ या कलहमै छाडिँदिऊँ, ऊ अलमलमा पर्यो। तैपनि असल मित्रको हैसियतले रबिनको दुःखमा साथ दिने निर्णय गर्यो उसले।
कमलले वचन दियो। जानुको रहर पूरा भएपछि रबिनको जीवनमै फर्काउने शर्त र बाचामा मञ्जुर भए दुवै। भोलिपल्ट रबिन जानुलाई लिएर कमलको घरमा पुग्यो। उसलाई खेतालाको रुपमा जानुको फुलबारीमा काम गर्न सुम्पेर रबिन गाउँ फर्कियो। गाउँमा सोधखोज हुँदा उपचारका लागि शहरमा राखेको छु भनेर ढाँट्थ्यो। जानुको रूप र बैँशमा त्यसै पनि लठ्ठिएको कमल अब स्वतन्त्र थियो उनको बैँशालु रसमा भिज्न। कमलको सुखसयलमा मोहित जानु वर्षौंदेखिको कुण्ठित रहरले शिखर चढ्न सफल भएकोमा अझ मख्ख थिइन्। आफनै गोठको साँढे बेकम्मा भएपछि गोठ सरेकामा खुसी भइन् उनी। चिल्ला गाडी, भौतिक रस र जैविक रस दुवै मिसिएको सुन्दर जीवन जीउन छाडेर बाँझो रबिनको जीवनमा नफर्कने निर्णय गरिन् उनले।
उकाली-ओराली गर्दा मीठो बास्ना आउने कमलको रस छाडेर गोबर गन्हाउने रबिनको रसमा फर्कन मनले मान्दै मानेन जानुको। कमल र जानुको जीवन रसिलो बन्यो। खेताला र मालिक्नी सम्बन्ध होइन, बरु दुवैको सम्बन्धमा प्रगाढ माया बस्यो। कमललाई आफ्नो उजाडिएको फूलबारीमा फुलीरहने फूलका रुपमा जानुलाई भेट्टाएको महशुस हुन्थ्यो।
समय बित्न कति पो दिन लाग्दो रहेछ र? उनको पेटमा आफ्नो हातले सुम्सम्याउँदै ऊ आफ्नो उत्तराधिकारीको धड्कन सुन्ने गर्थ्यो। उनी लजाएझैँ गर्थिन्। यसरी मायालु फूलबारीमा लुकामारी खेल्दै अघि बढेका उनीहरुले रबिनसँगका बाचा र शर्त भुल्दै गए।
एक दिन अनायसै मिर्मिरे बिहानीमा रबिनको आगमनले कमल र जानुको जीवनमा खिन्नता ल्याइदियो। लत्रेको पेट र बढेर फुटबल जत्रो भएको नितम्बमा आँखा गाड्दै रबिनले जानुलाई भन्यो, ‘अब घर जाऊँ, अब त कलहको बिऊको पनि अन्त्य भयो नि जानु। समीप र सौगातले पनि तिमीलाई खोजेका छन्।’
जानु अनकनाउँदै पर भागी र पुलिसले चोर पक्रेझैँ बेस्सरी पक्रिई रबिनका हात।
रबिनले कमलका सामुन्ने गएर भन्यो, ‘सहयोगका लागि धन्यवाद साथी।’ म जानुलाई फिर्ता लिएर जान्छु।’
कुनै जवाफ नदिई कमलले जानुलाई बेस्सरी अँगालोमा बेर्यो, ‘जानु र मेरो प्रेमले शिखर चुमिसक्यो रबिन! उनीभित्रको अंशले यो घरको अधिकार पाउने निश्चित भइसक्यो अब। त्यसैले म सर्त र बाचाहरु तोड्दैछु। मलाई माफ गर रबिन।’ ‘मेरो फूलमा भमरा बनेर अब कहिल्यै नआउनु है’, विश्वास गरेको प्रेम मित्रले घात गरेको देखेर रबिन नाजवाफ भएर फर्कियो। सदाका लागि आफ्नो जीवनबाट बिदा होस् भन्ने कामना गर्दै उनीहरुले रबिनलाई बिदाइको हात हल्लाइरहे। रबिन आफ्नो मित्रको छायाँमा लतपत भएको अविश्वासको पीडा बोकेर बढिरह्यो आफ्नै पुरानो संसारतिर… ।

खेेताला लोग्ने 'सामाजिक कथा' Rating: 4.5 Diposkan Oleh: Teach Sanar

COMMENTS

Name

कथा / कहानी,11,गजल / मुक्तक,3,जोक्स / हाँस्यव्यङ्ग्य,4,डाउनलोड,1,दन्त कथा,2,दैनिकी/डायरी,6,नि:शुल्क ई-बुक,1,प्रेम कथा,6,प्रेरणादायक लेख,2,यात्रा संस्मरण,2,लघु कथा,1,सामाजिक कथा,3,
ltr
item
Bikas Gurung's Blog: खेेताला लोग्ने 'सामाजिक कथा'
खेेताला लोग्ने 'सामाजिक कथा'
खेेताला लोग्ने 'सामाजिक कथा' - धेरै वर्षपछि आज अचानक भेट हुँदा रबिन र कमल असाध्यै खुसी भए। अप्रत्यासित भेटले उनीहरुको मानस्पटलमा बाल्यकाल चल्मलाउन थाले।
https://2.bp.blogspot.com/-mPhra17fjCA/WnBzrTu0XbI/AAAAAAAABTI/-i418N57DG8mEW0cRTwGFcekmeHQH7d2ACLcBGAs/s640/Khetala%2BLogne.jpg
https://2.bp.blogspot.com/-mPhra17fjCA/WnBzrTu0XbI/AAAAAAAABTI/-i418N57DG8mEW0cRTwGFcekmeHQH7d2ACLcBGAs/s72-c/Khetala%2BLogne.jpg
Bikas Gurung's Blog
https://www.bikasgurung.com.np/2018/01/khetala-logne.html
https://www.bikasgurung.com.np/
https://www.bikasgurung.com.np/
https://www.bikasgurung.com.np/2018/01/khetala-logne.html
true
8362277275083073077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy