स्वर्ग भन्दा राम्रो घर (A Beautiful Home Than a Heaven)

स्वर्ग भन्दा राम्रो घर (A Beautiful Home Than a Heaven)
स्वर्ग भन्दा राम्रो घर (A Beautiful Home Than a Heaven)
बुहारी कहाँ छौं तिमी?
"थाहा छैन छिनछिनमा काम छाडेर कहाँ जान्छे" रमाको सासुले भनिन।
रमा खाँदै गरेको नास्ता छाडेर उठ्न लागि। यो देखेर उसको नन्द सुजाताले हात समातेर बसाई र भनी पहिला तपाई नास्ता खानुस्। 

रमाले भनी - दिदी, आमा रिसाउनुहुन्छ। मलाइ जान दिनुस् उसको नन्दले भनी - "म आमालाई भन्छु तपाईं बसेर नास्ता खानुस।"

सुजाता आमा हुने ठाउँ गएर भनी - "आमा कमसेकम भाउजुलाई आरामसँग नास्ता खान त दिनुस।" बिहान सबैभन्दा अगाडि उठ्नुहुन्छ र सबैभन्दा पछाडि नास्ता खानुहुन्छ। तब पनी तपाईं छिनछिनमा भाउजू खोजी रहनुहुन्छ। घरमा केही बित्तिनै सकेको जसरी ठूलो-ठूलो स्वरमा बोलाउनु हुन्छ। 

'तँ भाउजुकी शुभचिन्तक त्यसको लागि म सँग झगडा गर्न आइस् हैन' भन्दै सुजताको आमाले भनिन् ।

आमा म झगडा गर्न आएकी हैन। राम्रो कुरा नै गरिरहेकी छु। जब देखी विवाह गरेर भाउजू यहाँ आइन् तपाईंले कहिल्यै राम्रो व्यबहार गर्नुभयो? कहिल्यै मायाले बोल्नुभा'को छ भाउजुसँग? उमेरमा म भन्दा कान्छी छिन । विवाह अगाडि भो त उनलाई पनि माया र सम्मान दिनुपर्छ। भाउजूलाई पनि आफ्नो छोरीझैं व्यबहार गर्नुहोस्। तपाईंको जीवन उनैको साथमा बिताउनु छ।

सुजताले त भनी तर आमा कहाँ चुप बस्न सक्थिन र। उसको साथमा कहाँ बस्छु र? हातगोडा अझैपनी चल्दैछन मेरो। म आफै बनाएर खान सक्छु। थाहा छैन, विहे गरेर आएको चार दिन भा'को छैन। सबैलाई आफ्नो बसमा पारी यो केटिले। मेरो छोरीलाई पनि मेरो विरुद्ध उक्साउन लागि।

रमाको विवाह भएको भर्खर २ महिना हुदैथियो। उसको श्रीमान रामहरी र उसको नन्द सुजता धेरै नै राम्रा थिए। दुःख सुख बुझ्ने थिए। ससुरा थिएनन् तर सासुआमा धेरै नै कडा स्वाभाबकी थिइन। उनी बुहारीलाई हुकुम जमाउथिन। बुहारीलाई मात्र काम लगाउथिन। छोरीले भाउजुलाई कुनै काममा सहयोग गर्न दिन्थिनन्। तर सुजता भाउजुको ख्याल पुरै राख्थि। भाउजुको साथमै हुन्थी।

बेलुका सुजतालाई हेर्न केटा पक्षका आउनेवाला थिए। नास्ता खाइसकेपछी रमा तयारीमा लागि। जिद्दी गर्दै सुजता पनि भाउजुलाई भाँडाकुडा पखाल्न सहयोग गरि। बेलुका केटापक्ष आए। केटोलाई सुजता मन पर्‍यो। 

चियापान गरेर केटापक्ष घर फर्किए। त्यसपछि आमालाई सुजताले भनी - "देख्नु भो आमा! तपाईंले कति केटा मलाई हेराउन ल्याउनुभो। आमा हाम्रो भाउजुको गृह प्रवेश हुने बित्तिकै मेरो लगन जुर्‍यो।

सुजताको विवाह भयो। उसको घरवाला राम्रा थिए। सबैजना सकरात्मक बिचारका थिए। सुजताको स्वाभाव राम्रो हुनुको कारण उनी सबैभन्दा राम्री लाग्थ्यो। उनी माइत पनी कहिलेकाही जान्थी।

रमा र उसको श्रीमान आमालाई धेरै स्याहार सुसार गर्थे। आमाको धेरै सेवा गर्थे। तर सासुआमा कहिले खुशी हुँदिनथिई । एकदिन सासुले जानी-जानी छोरी सुजतालाई फोन गरि - "मेरो स्वास्थ्य बिग्रदै गएको छ, मलाई भेट्न चाँडै आइज।"

सुजाता माइतीघर आइपुग्ने बित्तिकै आमाको गुनासो सुरु हुन्छ। बुहारीले मेरो हेरबिचार गर्दिनँ। कता हराउछे हराउछे, बोलाउदा पनि आउदिन। मेरो भाग्यनै फुटेको रहेछ। म त मेरो छोरा बुहारिको बोझ भैसकेको रहेछु।

छोरी सुजताले भनी - "आमा! भाउजुलाई दोष नदिनुस्। म भाउजुलाई राम्रोसँग चिन्दछु। उहाँ आफू नखाइ नखाइ तपाइलाई खुवाउनुहुन्छ र तपाईंको ख्याल पनि राम्रोसँग राख्नुहुन्छ। तर दाजुले के गर्छ थाहा छैन।

आमाले यो झुट बोलेर भाउजुलाई नराम्रो देखाउन कोशिश गर्दैछिन। तर यदि मेरो सासुले मसँग यस्तो व्यवहार गरिन भने मेरो सासुआमाले मेरो नन्दहरु भन्दा बढी मलाई माया गर्नुहुन्छ। किनकि उहाँ भन्नुहुन्छ - म उहाँको बुहारी हैन छोरी हुँ भनेर। आमा तपाईं पनि मेरो सासुबाट केही सिक्नुहोस्। जुन कुराले भाउजू तपाईंको छोरी बन्न सकुन अनि म पनि ढुक्क  भएर श्रीमानको घरमा बस्न सकुँ।

त्यसै समय आमाको कोठामा बुहारी रमा आइ र दिदी भन्दै सुजतासँग नजिक आइ र अंकमाल गरि। सासुआमा यो नन्द भाउजूको माया देखेर लज्जित भइन। अनि थाहा पाइन कि जसले मेरी छोरीलाई यति धेरै माया गर्छे भने यदि म पनि उसलाई राम्रो व्यवहार गरेँ भने मेरो बाचेकुचेको जिवन स्वर्ग बनाइदिन्छे।

लाड्ली पारामा सासुले भनिन् - "तिमिहरु दुई नन्द भाउजू कुराकानी गर्दै गर। म चिया नास्ता लिएर आउछु। बुहारी तिमिलाई मन पर्ने पकौडा र छोरिलाई मन पर्ने हलुवा।"

"हैन, हैन! आमा म पकाएर ल्याउछु। तपाईं बिरामी हुनुहुन्छ बस्नुस" बुहारी रमाले भनी।

भाउजू तपाईं चिन्ता नगर्नुहोस्। आमाले बनाएको पकौडा खानलाई पर्खिनुहोस। आमा बुहारी हैन आजबाट छोरी रमा भनेर बोलाउने गर्नुस्।

सासू आमाले नास्ता तयार गरेर भान्साकोठाबाट बोलाइन्। रमा छोरी नास्ता तयार भयो आऊ। आउँदा मेरि चिप्ली छोरिलाई पनि साथैमा लिएर आऊ।

नन्द भाउजुको मायालु सम्बन्ध हुन्छ। जसले दुई आफ्नो आपसी समझदारी र बिश्वासले घरलाई स्वर्ग भन्दा सुन्दर बनाई राख्दछ।
- सन्तोष कार्की मौसुफ

0/Post a Comment/Comments