आराम (Rest)

0
आराम (Rest)
आराम (Rest)
आमा म एकछिन आराम गर्छु ।
भर्खर स्कुलबाट घर आएकी छोरिले आमालाई भनी।

आमा: पहिला राम्रोसँग पढ त्यसपछि आराम गर्नु ।
- छोरी खाजा खाएर पढ्न बसि ।

छोरी: आमा केही समय आराम गर्छु अफिसको कामले साह्रै थाकेकी छु ।
आमा: पहिला बिवाह गरेर घरजम समाल त्यसपछि आराम गर्नु ।

- छोरी बिवाह गर्न तयार भई, आराम गर्न त्यतिकै भयो ।
छोरी: अब, एक-दुई बर्ष ज्वाइसँग घुमघाम-मै बिताउछु ।

आमा: छोराछोरी समयमा जन्माएपछी केही टेन्सन हुँदैनँ, त्यसपछि आराम गर्नु! 
- छोरी आमा बनी..आराम गर्न त्यतिकै भयो! 

श्रीमान - बच्चाको हेरचार तिमिले नै गर्नुपर्छ म अफिस जान्छु । केही महिनादिनमा बच्चा ठूलो हुन्छ त्यसपछि तिमी आराम गर्नु ।

उ बच्चाको लागि दिन रातभर जाग्ने गर्छे, आराम गर्न त्यतिकै रह्यो ।
- अब त बच्चा स्कुल जान थाल्यो । अब त आराम गर्न देऊ ।

बच्चालाई ध्यान दिनेगर । उसलाई पढ्न सिकाउ होमर्क गर्न सिकाऊ । त्यसपछि आराम गर्नु ।
- उ छोराको होमर्क सिकाउन बसि आराम गर्न त्यतिकै रह्यो ।

अब त छोरापनी आफ्नो खुट्टामा उभिन थाल्यो । अब त केही समय आराम गर्न पाउँछु ।
- छोराको बिबाह गर्न बाकी छ । त्यो पूरा भएपछि आराम गर्नु ।
कम्मर कसेर उनले छोराको बिवाह सम्पन्न गरि । तर, आराम गर्न त्यतिकै रह्यो ।

छोराले जिवनसाथी बुहारी पायो । अब आराम गर्छु…

बुहारी गर्भवती भइन । उसलाई मीठो तागतिलो खुवाउने उसको हेरचाह गर्ने गरिन ।
बुहारिको डेलिभरी हुने समय आयो । आराम गर्ने समय त्यतिकै रह्यो ।
ठिक छ यो काम पनि सम्पन्न भयो अब त आराम गर्छु ।

(बुहारी - आमा, म फ़ेरि जागिरमा जान चाहन्छु । दिनभर नाति हेर्दिनु न ।) 

नातिको पछि लाग्दैमा उसले आराम गर्ने समय त्यतिकै रह्यो ।
नाति ठूलो भयो । अब सबै जिम्मेवारी काम पूरा भयो । अब त आराम गर्छु ।

रामहरि कि आमा सुनेकी छौँ? घुँडा दुःखी रहेछ । हिड्न डुल्न पनि भएको छैन । लाग्दैछ विपी बढ्यो होला । डायबिटिज पनि छ । डाक्टरले समयमै खानु भनेको छ, सुनेउ कि सुनेनौ? 

श्रीमानको सेवामा बाचे कुचेको जिन्दगी गयो र आराम गर्न त्यतिकै रह्यो ।

एकदिन भगवान पृथ्वीमा आए । आराम गर्न मन छ नि तिमिलाई? 
उनले हात जोडिन् त्यस पश्चात् भगवान्ले उनलाई लिएर गएँ ।
आखिरमा बृद्धआमालाई आराम मिल्यो समयको अनन्त कालसम्म ।
- सन्तोष कार्की मौसुफ

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(Accept !) #days=(60)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top